सभासदलाई प्रहरीले चोर-डाँकालाई जस्तै व्यवहार गरेपछि

काठमाण्डु, ८ माघ– सरकारले बिहीबार संविधानसभा बैठकको सुरक्षा व्यवस्था अत्यन्तै कडा पा¥यो । संविधानसभाभित्रै सभासदहरुबीच भिडन्त हुन सक्ने भन्दै ५ सय बढी मर्यादापालक थपिए ।

सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै प्रहरी र सशस्त्र प्रहरी पनि बाक्लो संख्यामा संविधानसभा परिसरमा उतारिए । अनौठो कुरा त के थियो भने सभासदलाई भित्र पस्ने बेलामा तीन ठाउँमा खान तलासी गरिएको थियो । त्यसमा पनि प्रतिपक्षी सभासदप्रति सुरक्षाकर्मीले गहिरो नजर लगाएका थिए । सभासदलाई घडी फुकाल्न लगाएर र पर्ससमेत निकाल्न लगाएर कडा चेकजाँच गरिएको थियो । कतिपय सभासदले सुरक्षा दिने नाममा आफूहरुको हुर्मत दिने काम भएको भन्दै आपत्ति जनाए । विपक्षी सभासदले संविधानसभा अवरुद्ध गर्ने क्रममा ‘संविधानसभालाई ब्यारेक बनाउन पाइँदैन’ भन्दै नाराबाजी गरेका थिए । चेकजाँचअघि सुरक्षाकर्मीले सभासदको नाम र दल समेत सोधेका थिए । सभासद चेकजाँचका केही तस्वीर तस्वीरहरु/राज श्रेष्ठ