फ्रेस फेस : यहाँ आएपछि बिग्रने लत लाग्छ : सुरक्षा पन्त

‘अझै पनि’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी नव-नायिका सुरक्षा पन्त यो क्षेत्रमा परिक्षा दिदैछिन् । बाहिरबाट हेर्दा यो क्षेत्रका बारेमा विभिन्न कुरा सुनेपछि उनलाई लाग्यो, म किन यहाँ गएर त्यसलाई नहेर्ने । यसैले उनी आज यो क्षेत्रमा आएर सुनिएका थुप्रै कुराको बारेमा मनन गर्दैछिन् ।

अनलाइनखबरका लागि ‘फ्रेस फेस’ अन्र्तगत कुरा गर्दै गर्दा उनले आफ्नो र यो क्षेत्रको बारेमा थुप्रै कुरा गरिन् । सुरक्षालाई लाग्छ, आफूमा खुबी छैन भने यहाँ ठाउँ ओगट्नुको अर्थ छैन । ‘एउटाले स्थान ओगट्दा अर्को राम्रो मानिस पलायन हुने अवस्था आउँछ, म यो चाहन्न’-सुरक्षाले भनिन् ।
चलचित्र ‘अझै पनि’को छायांकनको क्रममा आफूले राजकुमारीको अनुभव लिएको भन्दै उनले अब आफूलाई यस्तो टिमको लत लागेको उनको भनाई छ ।Surakshya Panta (4)
तपाई नायिका बन्ने कि कलाकार, सुरक्षाले चोटिलो जवाफ फर्काइन्-‘म नायिका बन्न नै चाहन्न । मलाई हेरेर किन दर्शकले ३ घन्टाको समय खर्चने ? म समाजका लागि रोल मोडल बन्न सक्नुपर्छ । म यही बन्न चाहन्छु ।’
नेपाली चलचित्रका नायिकाहरुका बारेमा अझै पनि किन मानिस सकारात्मक सोच्दैनन् त, सुरक्षा भन्छिन्-‘मानिसलाई सोच्ने अधिकार छ, त्यो हामीले छोडिदिनुपर्छ । उसले भनेका कुरालाई आफूले कसरी ग्रहण गर्ने भन्ने मात्र हो । यो क्षेत्रमा आएपछि नाम, दाम सबै छ । यसैले यहाँ बिग्रने लत लाग्छ ।’
सुरक्षाको चलचित्र करिअर कहाँसम्म त ?-‘मलाई थाहा छैन, म कहाँसम्म पुग्छु । तर, यत्ती मात्र हो अहिले नै म यो क्षेत्रमा लाग्छु भनेर अगाडि बढेकी छैन ।’
‘अझै पनि’मा सुरक्षाले परिक्षा दिएकी हुन् । यदि, यो परिक्षामा उनी असफल भइन् भने यो क्षेत्रमा उनको भविष्य लामो समयसम्म जान्छ भन्ने छैन ।
एउटै चलचित्रमा दुई नायिका हुँदा डाहा कत्तीको हुन्छ त, नायिका पूजा शर्मासँगको स्त्रिmन शेयरका बिषयमा उनले भनिन्-‘सायद, म यो क्षेत्रमा लामो समयसम्म लाग्छु भनेर प्रतिस्पर्धाको भावनाले आएको भएँ हुन्थ्यो होला । तर, मलाई त्यस्तो सोच छैन । तर पनि मनमा कत्ता कत्ता भने त्यस्तो हुँदोरहेछ ।’Surakshya Panta (3)
चलचित्र क्षेत्रलाई आफ्नो खाँचो भएको खण्डमा आफू यसमै अगाडि बढ्ने बताउँदै उनले नभएको खण्डमा स्थान ओगटेर नबस्ने बताइन् ।