यी ५ कुराले यौन क्षमता घटाउँछ.... जानी राखौ..

सफल यौन जीवन बाहेकका विषयमा मानवले अरु विषयमा कल्पना गर्न सक्दैन । यौन जीवन असफल भयो भने मान्छे तनावमा पर्ने हुँदा अन्य कार्यमा ध्यान दिन नसक्नाले समग्र जीवनको अस्तित्व नै संकट पर्ने गरेको देखिन्छ । यौन जीवन सफल हुन यौन क्षमता हुनु अति आवश्यक पर्छ । तर, क्षमता बढाउने र ह्रास हुन नदिने विषयमा मान्छे त्यत्ति चनाखो र सचेत भएको देखिँदैन । यहाँ हामीले उठाउन खोजेको विषय हो, ‘पुरुषको यौनिक र प्रजनन् क्षमतामा प्रभाव पार्ने पाँच कुरा के के हुन् ? हालै गरिएको एक अध्ययनका आधारमा ति यी हुन्
१ साबुन
मान्छेले दैनिक रुपमा प्रयोग गर्ने साबुन पनि पुरुषको यौनिक र प्रजनन् क्षमतामा नकारात्मक प्रभाव पार्ने अध्ययनको दावी छ । साबुनमा हुने ट्राइक्लोजन नामक तत्वले पुरुषमा यौनिक इच्छा मात्र होइन प्रजनन क्षमतामा समेत ह्रास ल्याइदिन्छ । ट्राइक्लोजन नामक तत्वले पुरुषको शरीरमा हुने हर्मोनलाई असन्तुलन बनाइ दिने हुँदा यौन क्षमतामा ह्रास आउँछ । यसर्थ सके सम्म साबुन ट्राइक्लोजन नभएको किन्नुहोस् ।२ ल्यापटप
हिजोआज मान्छेको व्यस्तता सँगै भरपर्दाै र जहाँ जतिखेर पनि प्रयोग गर्न सकिने तथा सबैको राजाईको मात्रै होइन निकै आवश्यक बस्तुमा ल्यापटप पर्ने गरेको छ । तर यसैले यौन र प्रजनन् क्षमतामा पार्न असरकाबारेमा भने कमैलाई थाहा होला । जतिबेला पनि यानी कि धेरै बेरसम्म लगातार ल्यापटप चलाउँदा यौन र प्रजनन् क्षमतामा नकारात्मक असर पार्ने गर्छ । अझ ल्यापटप काखमा राखेर चलाउने बानी छ भने तुरुन्तै छाड्नुहोस् । काखमा राखेर धेरै ल्यापटप चलाउने पुरुषमा विर्यमा प्रभाव पर्ने अध्ययनको भनाइ छ ।


३ धुमपान
धुमपानले अन्य स्वास्थ्यमा जस्तै यौन र प्रजनन् क्षमतालाई कमजोर पार्छ । बेलायतको मेडिकल एसोसिएशनका शोधकर्ताहरुले अधिक धुमपान गर्ने पुरुषमा प्रजनन र यौनिक क्षमता कमजोर हुने बताएका छन् । धुमपान गर्नेहरुमा सामान्य मानिस भन्दा १० देखि ४० प्रतिशत सम्म प्रजनन र यौनिक क्षमता कम हुने बैज्ञानिकहरुको भनाइ छ ।
४ मिठाइको अत्याधिक सेवन
अत्याधिक मिठाइ वा गुलियो सेवन गर्दा पनि शरीरमा एण्डोक्राइन प्रणाली प्रभावित हुने र यसले प्रजनन क्षमतामा ह्रास आउने अध्ययनको दावी छ ।
५ कसिलो कट्ट
हामीले लगाउने लुगाले यौन र प्रजनन् क्षमतालाई पनि कमजोर बनाउने गरेको छ । यदी तपाईं कसिलो कट्टु लगाउनु हुन्छ भने अब यस्तो कट्टु लगाउन छोड्नुहोस् । अध्ययनका अनुसार कसिलो कट्टु लगाउनेहरुमा वीर्य उत्पादनमा समस्या हुने छ ।