परदेशि को चिठ्ठी प्यारी लाई>>>किन रोए यो चिट्ठी पढ्ने जति सबै जना ? कृपया अरुको अगाडि नपढ्नुहोला

प्रिय सानु,
धेरै धेरै माया र सम्झना !!
यता साउदी अरबमा म र मसँगै झण्डै आठ/दश लाख नेपाली आरामै छौँ । आशा छ, त्यहाँ पनि तिमीलगायत सम्पूर्ण नेपाली आरामै छौ होला । श्री रेमिट्न्सज्युको खेती गर्ने किसानहरूका कृपाले सवैको कल्याण होस् भनी कामना गर्दछु ।

तिमीले रेडियोमा सुनेका र पत्रपत्रिकामा पढेका घटना झुठा हुन् ।हाम्रा ६०१ सभासदको कसम झुठो लेखेको भए यिनको सत्यनास होस् । यँहा अरबमा कोही पनि मर्दैन ।


पानीमा डुबेर, सडकमा कुदेर, दुई गाडी जुधेर, सुतेको सुत्यै भएर, विजुली लागेर, जमिनबाट माथि हेर्दा टोपी खस्ने टावरबाट खसेर, शारिरिक र मानसिक पीडा सहन नसकी आत्महत्या गरेर, ठूला र गह्रौं सामानले थिचिएर आदि कारणले बाहेक कोही नेपाली मरेकै छैनन् । विश्वास गर ।

हामीलाई त मोज छ मोज । कतिसम्म मोज छ भने आजका मितिसम्म हामी कसैका शरिरबाट रगतको त के कुरा, पसिनासम्म झरेको छैन । यो बेग्लै कुरा हो लाटी कि रगत र पसिनाले लगाएका लुगा निथ्रुक्क भिजेर शशिरमै सुक्छन्।
यहाँ त पैसा बोटमा फल्छ । पैसाको बोटमा टुप्पाटुप्पाबाट तेल झरिरहन्छ र बोट हाँगा खुर्केर गाडिएको हरियो बाँस जस्तो भएकाले टिप्न कति सजिलो छ सिस्नु टिपे जतिकै । अझ यसरी बुझ यहाँ पैसा टिप्न तिमीले सासुका जुम्रा टिपे जतिकै सजिलो छ ।
िबदेश कस्तो होला साउदिअरब कस्तो होला? भनेर सोचिहौलि नारायणि छेउैमा देखिने वालुवाको मैदान जस्तै आँखाले नभ्याइन्जेलको हुन्छ । यहाँ त्यस्तो तातो बलुवामा धरोधर्म हामीले टेक्नु पनि पर्दैन । हामीले यो बगरमा भेडा, बाख्रा, ऊँट, खच्चड आदि चराउनु पनि पर्दैन । तिनिहरू आँफै चर्छन् । यहाँका उजाड स्थललाई फुलैफूलको बगैँचा पनि बनाउनु पर्दैन हामीले । खाली रोपीदिए, गोडीदिए, पानी हालीदिए पुग्छ ।
यहाँ त पोखराकै जस्तो एकनासको मौसम छ । न जाडो न गर्मी सधै पचास/साठी डिग्रीमाथिको तापक्रम हुनु र पैसा टिप्दा टिप्दै (काम गर्दागर्दै) बेहोस हुनु त सामान्य नै हो नि,उता नेपालमा यात्रु सहित कालिगणडगीमा खसेको अग्नी एयरको जहाज जस्तै यहाँ उड्दाउड्दैका चरा खस्छन् र पनि यसलाई तिमीले गर्मी रहेछ नभन्नु । नेपालका हवाईजहाजमा बाज ठोक्किए जस्तै यहाँका चरा हावामा ठोक्किएर झरेका हुन् । धरोधर्म सातवटा घामका कारण हुँदै होइन । खैर छोड यि सब कुरा तर एउटा आशा लाग्दो कुरो के छ भने यहाँ झण्डै हजारौँको संख्यामा नेपाली ब्यापारीहरू छन् । तर ति निजि कम्पनिमा मालिक र कामदार तिनै एकजना मात्र हुन् । तिनको कम्पनि विहिबार वेलुका र शुक्रबार दिनभरि मात्र खुल्छ । तर हप्ता दिनलाई पुग्नेगरी बिक्री हुन्छ भन्दा तिमीलाई अनौठो लाग्ला । नलागोस् पनि कसरी ? नेपालमा आन्दोलनका बेला विसौँ दिन बन्द हुने र मरेर दश दिन पसल खोल्दा पनि दुई दिनलाई नपुग्ने देखेकी तिमीलाई यस्तो लाग्नु स्वभाविक हो । तिनका छोटे कम्पनिमा देशीविदेशी निलादेखि सादा चलचित्रका सिडि, नेपाली गुट्खा, खुकुरी चुरोट, विभिन्न ब्राण्डका खैनी पाइन्छन् । त्यसो त केही ब्यापारीहरूले डाईस खेलाएर ‘स्वस्थ मनोरञ्जन’ दिएका छन् । तर यि सवै कम्पनिहरू गैरकानुनी हुन् । तिनको सम्बन्ध सिधै जेलसँग हुन्छ ।
मैले ‘मोजमस्ती’ गरेर बचेको रकम महिना बितेसी पठाएकै छु । तिमीले पनि त्यो पैसाले मोजमस्ती गर्नु । हाम्रा छोराछोरी त छैनन् अब तिनको नाममा खर्च गर्ने कुरो भएन । कहिले मेरी सासुका नाममा त कहिले तिम्री सासुका नाममा खर्च गर्नु । अनि कहिले मेरा ससुराका नाममा त कहिले तिम्रा ससुराका नाममा खर्च गर्नु । हप्ताभरिका बजार नछुटाउनु । ‘किन्न मन’ लागेका लत्ताकपडा, सरसामान किनिहाल्नु । पोइले कमाएको जोइले खर्च गर्ने रिती नै हो कालि अब धेरै के लेखौँ धेरै लेख्दा फेरि तिमिलाइ पढ्न पनि झ्याउ लाग्लानेछ सबै उहि पुराना कुरानै हुन बाकि अर्को पत्रमा लेख्नेछु पैसाले गोदाम भरियो भने घर बोलाउनु घर फर्किउला अहिले लाई बिदा,,
               -उहि तिम्रो तोरिलाउले

                    साउदि अरब