जनकपुरमा खुल्यो चारतारे होटल....२५ करोड लगानीमा ४५ कोठाको होटल


Hotel-Sitasharan-Janakpur-final-3
नविन अर्याल
९ माघ, जनकपुर । केही बर्षअघि गैरआवासीय नेपाली संघको सम्मेलनमा काठमाडौं आएका पाहुना जनकपुर जाँदा खान-बस्न राम्रो होटल नपाएको गुनासो आएपछि वैद्यनाथ शर्माको मनमा स्तरीय होटल खोल्ने इच्छा जाग्यो ।
लगत्तै उनले जनकपुर भ्रमणमा जाने स्वदेशी तथा विदेशी पाहुनाहरुलाई लक्षित गर्दै सुविधा-सम्पन्न होटल निर्माण सुरु गरिहाले । जनकपुरमा डिलक्स होटल खोल्ने उनको इच्छा पुरा हुन केही बर्ष पनि लागेन । अन्ततः चार महिनाअगाडी जनकपुरमा खुल्यो  ‘होटल सीताशरण’ ।
‘सञ्चालनमा आएको छोटो अवधिमै होटलले ग्राहकको राम्रो माया पाइरहेको छ’ होटलका सञ्चालक शर्माले भने- ‘अहिले हाम्रो होटल जनकपुर क्षेत्रकै आकर्षण बन्न सफल भएको छ ।’
होटल सञ्चालक शर्मा रुसमा ब्यबसाय गरिरहेका गैरआवासीय नेपाली हुन् ।
पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको होटलमा करिव २५ करोड रुपैयाँ लगानी गरिएको छ ।  एउटै होटलमा दुर्इ बेग्लाबेग्लै लक्षित समूहका लागि बेग्लै मूल्य र सुबिधासहित दुर्इवटा भवन बनाइएको छ ।  एउटा भवनमा डिलक्स सुबिधासहितका कोठा छन् भने अर्को भवनमा मध्यमस्तरीय अाय भएका ग्राहकलार्इ लक्षित गरिएको छ ।
जनकभूमी जनकपुरमा रहेको रामजानकी मन्दिर दर्शनका लागि अाउने स्वदेशी तथा बिदेशी पाहुनाका लागि होटल सीताशरण पहिलो रोजाइ बनेको छ ।
काठमाडौंमा सम्पन्न १८औं सार्क शिखर सम्मेलनको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि ५ दिनका लागि यो होटल बुकिङ गरिएको थियो । विशेष कारण देखाउँदै त्यतिबेला मोदी जनकपुर भ्रमणमा भने गएनन् ।
जनकपुर मन्दिरबाट करिव डेढ किलोमिटरको दुरीमा रहेको जिरो माइलमा होटल सीतासरन रहेको छ । मन्दिरको नजिक रिङरोडभित्र ‘ननभेज’ होटल सञ्चालन गर्न नपाइने हुँदा बाहिर होटल निर्माण गरेको शर्माले अनलाइनखबरसँगको कुराकानीमा बताए ।
Hotel-Sitasharan-Janakpur-final-4
चारतारे स्तरको सेवा सुविधा उपलब्ध गराउने यो होटल करिव ५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । होटलको एउटा बिल्डिङमा भीआइपीका लागि २५ वटा डिलक्स रुम रहेका छन भने अर्को बिल्डिङमा मध्यमस्तरीय ग्राहकका लागि १५ वटा रुम छन् ।
मध्यमस्तरीय ग्राहकका लाक्षित भवनमा २० वटा कोठाहरु बनाउने लक्ष्य भएपनि ५ वटा रुमहरु अझै निर्माणाधिन अवस्थामा रहेको सञ्चालक शर्माले बताए । होटलको निर्माण सम्पन्न हुँदा ४५ वटा रुमहरु पुग्नेछन् ।
सबैलाई सुहाउने मूल्य  
होटलमा भीआइपी रुमका लागि ग्राहकले ट्याक्स र भ्याटसहित २ हजार रुपैयाँदेखि ७ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ ।
मध्यमस्तरीय ग्राहक लक्षित भवनमा एउटा बेडका लागि ५ सय रुपैयाँ र रुमका लिएमा एक हजारदेखि १५ सय रुपैयाँसम्म खर्च गर्नुपर्छ ।
जनकपुर भ्रमणमा आउने परिवारलाई लक्षित मध्यमस्तरीय र सस्तो मूल्यका रुम निर्माण गरिएको शर्माले जानकारी दिए । होटलमा बिहे, भोज, बैठकलाई लक्षित गर्दै ४ वटा कन्फ्रेन्स हल निर्माण गरिएको छ ।
सञ्चालक शर्माका अनुसार एउटा हलमा साढे दुई सय जना अटाउँछन भने दुईवटा रुममा ५०/५० जना र अर्को रुममा २५ देखि ३० जना अटाउँछन् । होटलको ठूलो हल विशेषगरी बिहे तथा भोजका लागि उपर्युक्त रहेको शर्मा बताउँछन् ।
खासगरी जनकपुर भ्रमणमा आउने राजदूतहरु, नेपाल सरकारका उच्च अधिकारी, भारतीय तथा अन्य मुलुकका पर्यटकहरु, स्वदेशी नागरिक, एनजिओ, आइएनजिओका कर्मचारी, कर्पोरेट हाउसका कर्मचारीहरु, सभा, विहे, भोज आदिका लागि क्षतित गरि होटल निर्माण गरिएको हो ।

लामखुट्टेको राजधानीका रुपमा परिचित जनकपुरमा ग्राहकलाई त्यसबाट बचाउन होटलमा विशेष व्यवस्था गरिएको शर्माले जानकारी दिए । लक्जरी होटलमा जस्तै लामखुट्टे धपाउने प्रविधि जडान गरिएको हुँदा लामखुट्टेबाट डराउन नपर्ने उनको भनाई छ ।
विस्तारको योजना
रसियामा रियल स्टेट र इलेक्ट्रिकल व्यवसाय गर्दै आएका शर्माले जनकपुरको रिङरोडभित्र शिवचोकमा ‘भेज’ होटल सञ्चालन गर्ने बताए । त्यस्तै, पोखरा र नगरकोटमा पनि स्तरीय होटल सञ्चालनको तयारीमा रहेको उनले सुनाए । ‘यो होटलले कस्तो सफलता दिन्छ, यसैको आधारमा अन्य क्षेत्रमा चेन होटलका रुपमा व्यवसाय विस्तार गर्ने योजना छ’ उनले भने ।
होटलमो निकट भविष्यमा स्पा, मसाज, ज्याकुजी, साउन लगायतका सुविधाहरु ग्राहकलाई उपलब्ध गराउने उनले सुनाए । जनकपुरमा लामखुट्टेको बिगबिगी हुँदा आउटडोर स्वीमिङ पुल सम्भव नभएको उनको दाबी छ ।
होटलका सबै रुमहरु एट्याच बाथरुम सहित बातानुकुलित रहेका छन् । होटलमा तातो पानीका लागि हिटपम्म जडान गरिएको छ ।
Hotel-Sitasharan-Janakpur-final-2
Hotel-Sitasharan-Janakpur-final-6
Hotel-Sitasharan-Janakpur-final