बैंकमा पैसा राख्नुभएको छ ? हेर्नुहोस् ब्याजको हालत

पुष्प दुलाल
१० फागुन काठमाडौं । नेपालका बैंकहरुले निक्षेपकर्तालाई थोरै ब्याज दिएका कारण देशबाट भारततिर पुँजी पलायन भइरहेको राष्ट्र बैंकका गर्भनर डा. युवराज खतिवडाले अघिल्लो साता संसदीय अर्थ समितिमा गुनासो पोखेका थिए । निक्षेपमा ब्याज बढाउन गरेको आग्रह बैंकहरुले अटेर गरेको गभर्नर खतिवडाको गुनासो थियो ।
च्याउसरह खोलिएका नेपालका बैंकहरुले निक्षेपकर्तालाई केकति ब्याज उपलब्ध गराइरहेका छन् ? के गभर्नरले भनेजस्तै थोरै ब्याजदरकै कारण नेपालबाट भारततिर पुँजी पलायन भइरहेको हो त ? नेपालको वित्तीय क्षेत्रमा नयाँ बहस भित्र्याएका छन् गभर्नर डा. खतिवडाले ।
Intrest rate
राष्ट्र बैंकका गभर्नरले ब्याज बढाउन पटक-पटक आग्रह गरिएको बताए पनि बैंकहरुले निक्षेपकर्तालाई दिने ब्याजदर बढाउनुको साटो उल्टो घटाइरहेका छन् ।
तीन वर्षदेखि बैंकिङ क्षेत्र लगातार लगानीयोग्य पुँजीको पर्याप्तता -अधिक तरलता) को मारमा परेको भन्दै बैंकहरुले निक्षेपकर्तालाई थोरै ब्याज दिन थालेका हुन् ।
बैंकमा पैसा हुँदाहुँदै पनि लगानी गर्न नसक्नु अधिक तरलता हुनु हो । यस्तो समस्याबाट ग्रसित बैंकहरुलाई थप निक्षेपको आवश्यकता परेन र उनीहरुले निक्षेप निरुत्साहित गर्न ब्याजदर घटाएको बैंकर्सहरुको तर्क छ ।
वाणिज्य बैंकहरुले ०६९ असार मसान्तसम्म निक्षेपमा औषत ६.१७ प्रतिशत ब्याज दिन्थे । तर, ०७० असारमा घटेर ५.२५ प्रतिशत पर्‍याए । त्यस्तै ०७१ असारमा उनीहरुले बचतकर्तालाई दिने ब्याज ४.०९ प्रतिशतमा झारे । ०७१ पुससम्म आइपुग्दा बैंकहरुले निक्षेपकर्तालाई औषतमा ३.७५ प्रतिशत मात्रै ब्याज दिइरहेका छन् ।
राष्ट्र बैंकले ब्याजदर बढाउन भनेको भनेकै छ, तर बैंकहरुले चाँहि राष्ट्र बैंकको आग्रह विपरीत ब्याजदर घटाएका घटाएकै छन् ।
यो चिन्ताको विषय हो : गभर्नर
निरन्तर घटिरहेको ब्याजदर चिन्ताको विषय बनेको राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडा बताउँछन् । ‘भारतीय बैंकहरुको भन्दा नेपाली बैंकहरुको व्याजदर निकै कम भएकाले भारततर्फ पुँजी पलायनको खतरा बढेको छ’ खतिवडाको भनाइ छ, ‘पँुजी पलायनको खतरा रोक्न निक्षेपको ब्याजदर बढाउनुको विकल्प छैन भनेर मैले बैंकहरुलाई भनिसकेको छु ।’
पैसा बैंकमा थन्किएपछि बजारमा अभाव
कर्जाको अनुपातमा निक्षेप नबढ्दा र सरकारले खर्च गर्न नसक्दा एक खर्ब रुपैयाँ सरकारको ढुकुटीमै थन्किएको छ । यसले गर्दा बजारमा पैसाको अभाव हुन थालेको छ ।
तर, पछिल्ला दिनमा बैंकहरुसँग तरलता साँघुरिएको छ । तरलता साँघुरिएसँगै बैंकहरुलाई निक्षेपक आकषिर्त गर्न ब्याजदर बढाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भइसकेको विज्ञहरु बताउँछन् ।
वित्तसम्बन्धी विज्ञहरुका अनुसार अर्थशास्त्रको नियमअनुसार सामान्यतया मुल्यवृद्धिभन्दा निक्षेपको ब्याजदर बढी हुनु पर्छ । किनभने निक्षेपको ब्याजदर आम्दानी हो भने मुल्यवृद्धि खर्च हो । खर्चभन्दा आम्दानी बढी भयो भने मात्रै आर्थिक हिसाबमा सन्तुलन मिल्छ ।
कुन बैंकले कति ब्याज दिन्छन् ?
हाल सञ्चालनमा रहेका ३० बैंकहरुमध्ये नयाँ र साना बैंकले निक्षेपकर्तालाई बढी ब्याज दिइरहेका छन् भने ठूला र पुराना बैंकले कम ब्याज दिइरहेका छन् ।
अहिले निक्षेपकर्तालाई सबैभन्दा बढी ब्याज जनता बैंकले दिन्छ । जनताले बचत खातामा ३ देखि ५ प्रतिशतसम्म र मुद्दति खातामा २ देखि ७.५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।
निक्षेपकर्तालाई सबैभन्दा कम ब्याज स्टान्डर्ड चाटर्ड बैंकले दिन्छ । यो बैंकले बचत खातामा १.७५ प्रतिशतदेखि २.७५ प्रतिशतसम्म र मुद्दति खातामा ०.५ प्रतिशतदेखि ३ प्रतिशतसम्म ब्याज दिँदै आएको छ ।
बैंक बचत खातामा ब्याजदर (%) फिक्स्ड डिपोजिटमा ब्याजदर (%)
स्टान्डर्ड चार्टर्ड बैंक१.७५ देखि २.७५०.५ देखि ३
कृषि विकास बैंक२.७५ देखि ४.७५३.७५ देखि ६
सिद्वार्थ बैंक२ देखि ४२.५ देखि ५.५
सनराइज बैंक३.५ देखि ४.५४ देखि ५.७५
ग्लोबल बैंक२ देखि ४२ देखि ५
सानिमा बैंक३.५ देखि ४३ देखि ५.५
बैंक अफ काठमाडैं३ देखि ४२ देखि ६
माछापुच्छ्रे बैंक२.४ देखि ४.५३ देखि ५.५
इन्भेष्टमेन्ट बैंक२ देखि ४२ देखि ४.५
नबिल बैंक२.८५ देखि ४.३५१.२५ देखि ४.५
लुम्बिनी बैंक२.५ देखि ४.५३ देखि ४.५
प्राइम बैंक२ देखि ४३ देखि ५
हिमालयन बैंक२ देखि ३.५२.७५ देखि ४.२५
एनबी बैंक२.७५ देखि ४२७५ देखि ५
नेपाल बैंक१.७५ देखि ३.२५४.५ देखि ६
एनएमबी बैंक३.५ देखि ५.५४ देखि ६.५
जनता बैंक३ देखि ५२ देखि ७.५
सेञ्चुरी बैंक२ देखि ५.५३ देखि ६
मेगा बैंक१.५ देखि ४२ देखि ४
एनसीसी बैंक३.२५ देखि ४.७५२.५ देखि ५.५
कुमारी बैंक२.२५ देखि ४.२५२ देखि ५.५
लक्ष्मी बैंक२ देखि ४.५४ देखि ५.५
राष्ट्रि बाणिज्य बैंक१.७५ देखि ३३ देखि ४.५