अब सुन र हिराको क्रिम, फेसियल गर्नुहोस् २४ क्यारेट सुनले -


gold
अहिले पनि मानिसहरु आफ्नो हैसियत देखाउन सकि नसकी सुन, हिरा र मोतीका गरगहना लगाउँछन् । महंगा गहना लगाएर हिड्नुलाई उनीहरु स्टाटस आइकन ठान्छन् । त्यसमध्ये सुन आम मानिसको पहुँचमा भएको महंगो धातु हो ।
तर, यही महंगो धातु अब गहना लगाउन हैन, अनुहार पोत्न प्रयोग हुन थाल्यो भन्दा तपाईलाई अचम्म लाग्ला ।
हजुर, अब जमाना बदलिइसक्यो । ब्युटिपार्लरमा क्रिमले हैन  २४ क्यारेटको सुन र हिराको लेपनले फेसियल गर्न थालिएको छ ।
लण्डनस्थित ओरो गोल्ड ब्युटी क्लिनिकले यस्तो सेवाको सुरुवात गरेको जुन पछिल्लो समय लोकप्रिय हुँदै गएको छ । एकपटक सुनको फेसियल गर्दा ४ सय अमेरिकी डलर अर्थात करिव ४० हजार रुपैयाँ खर्च हुन्छ ।
gold2
बर्षको २९ हजार पाउण्डसम्म खर्च गर्नुभयो भने तपाईले सुनको फेसियल गर्न पाउनुहुन्छ ।
सुन र हिराको लेपनले फेसियल गर्दा अनुहारमा अनौठो चमक आउने र मानिस सुन्दर हुने क्लिनिकको दावी छ । जसले गर्दा धनाढ्य महिला क्लिनिक धाइरहेका छन् । ओरोगोल्ड भन्छ- सुन र हिरा अब संसारको सवैभन्दा लक्जरी कस्मेटिक हो, यसले अनुहार चाउरी परेकोसमेत ठिक पार्छ ।
तर, चिकित्सकहरुले भने क्लिनिकको यो दावीमा कुनै सत्यता नभएको जनाएका छन् ।
फेरिसल गर्नेहरुको छालाले सुन सोस्न नसक्ने भएकाले छालामा कुनै परिवर्तन नहुने चिकित्सकहरुको दावी छ ।