मौसमीको सहयोगमा छोराले भगाए प्रेमिका

bikki-and-bhumika
नायिका मौसमी मल्लका छोरा विक्की मल्लले प्रेमिका भूमिका सिंह ठकुरीसँग प्रेम दिवसको दिन बिहे गरेका छन् । उनले प्रेमिका ठकुरीलाई भगाएर बिहे गरेका हुन् ।केही नेपाली चलचित्रमा समेत अभिनय गरेका विक्कीले आमाको सहयोगमै प्रेमिकालाई भगाएर बिहे गरेको बताएका छन् । उमेर सानै भएको भन्दै भूमिकाको परिवारले बिबाहक स्वीकृति नदिएपछि बिक्कीले आमाको सहयोगमा प्रेमिका भगाएका हुन । चितवनका विक्की र भूमिका लामो समयदेखि प्रेममा थिए ।
अनलाइनखबरसँगको फेसबुक सम्बादमा बिक्कीले बिबाहको पुष्टी गर्दै  छिट्टै बिहे भोजको आयोजना गरेर जानकारी गराउने बताए ।
विक्कीले ‘समय’, ‘नागबेली’ र ‘साइकल’ फिल्ममा अभिनय गरेका छन् ।
तर, ‘समय’ र ‘नागबेली’ नचलेपछि विक्कीले फिल्मी क्षेत्रमा सोचेँजस्तो स्थान बनाउन सकेनन् । जसका कारण पछिल्ला दिनमा उनी फिल्ममा सक्रिय छैनन् । मौसमी मल्ल पनि हाल चितवनमा होटल व्यवसाय संचालान गरेर बसेकी छिन् । विक्कीले आफू र प्रेमिका भूमिकाको तस्बिर फेसुबकमा सार्वजनिक गरेका छन् ।