दुबईमा २२ बर्षीय नेपाली युवा बलात्कृत

५ फागुन, काठमाण्डौ । दुबईमा नेपाली युवालाई बलात्कार गरेको अभियोगमा एक पाकिस्तानीलाई ५ बर्ष जेल सजायँ सुनाइएको छ ।
एउटै कोठामा सागै बस्दै आएका २२ बर्षीय नेपाली युवकलाई बलात्कार गरेको अभियोगमा उनलाई जेल सजायँ सुनाइएको गल्फ न्यूजले जनाएको छ ।

समाचारमा ती युवकको छोटकरी नाम जीटी भनेर खुलाइएको छ । पीडित युवकले अदालतमा दिएको बयानअनुसार रक्सी पिएर आएका ३१ बर्षीय पाकिस्तानी साथीले सुतिरहेका बेला उनलाई एक्कासी पछाडीबाट समातेर बलात्कार गरेका थिए ।
‘मलाई १५ मिनेटसम्म बलात्कार गर्‍यो, उ बलियो भएकाले प्रतिबाद गर्न सकिँन’ उनले बयानमा भनेका छन्  ।
बलात्कारपछि उनले घरको सुरक्षागार्डलाई खवर गरेपछि प्रहरी आएको थियो । प्रहरी पुग्दा ती पाकिस्तानी सुतिरहेका थिए भने उनको मुखबाट रक्सीका गन्ध आएको थियो ।
अभियुक्त पाकिस्तानीले भने आफुले मदिरा सेवन गरेकाले बलात्कार गरेको सम्झना नभएको दावी गरेका छन् । ल्याब परिक्षणबाट नेपाली युवासँग उनले शारिरिक सम्बन्ध राखेको प्रमाण भेटिएको समाचारमा जनाइएको छ ।
जनवरी २०१४ मा भएको यो घटनाको सुनुवाई सोमबारमात्र भएको हो । अदालतका न्यायाधीश इजत अब्दुलले कैद भुक्तानी गरेपछि मात्र अभियुक्त पाकिस्तानीलाई घर फर्काउन आदेश दिएका छन् । ती पाकिस्तानी दुबईमा सरसफाईको काम गर्दथे ।