भाङ खाएर घर आएका श्रीमानले छुरा प्रहार गरी श्रीमतीको हत्या

इटहरी, फागुन ६– घर बनाउने बिषयमा चर्केको विवादले उग्र रुप लिएपछि इटहरी उपमहानगरपालीका–२२ अन्र्तगत बाालग्रामका २८ बर्षीय शुरज कार्कीले रीसको झोकमा आफ्नै २६ बर्षीया श्रीमती सुष्मा कार्कीको मंगलवार साँझ छुरा प्रहार गरी निर्मम हत्या गरेका छन् ।


शिवरात्रीको अवसरमा भाङ खाएर घर आएका सुरजले बारम्बार घर बनाउने बिषयमा विवादमा श्रीमती कार्कीको शरिरको विभिन्न भागमा छुरा प्रहार गरी रगताम्मे बनाएका प्रत्यक्षदर्शी स्थानीयहरुले बताएका छन् । श्रीमानको छुरा प्रहारबाट गम्भिर बनेकी कार्कीको उपचारका लागि धरानस्थित बिपी प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय इ्टहरीले जनाएको छ ।

छुरा प्रहारबाट श्रीमतीको हत्या गर्ने श्रीमान कार्कीलाई मंगलवार नै इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ । आफु नसामा रहेको कारण ठुलो गल्ती गरेको प्रहरी सामु अभियुक्त कार्कीले स्विकारेका छन् ।