नीताको प्रेम जीवनलाई, जीवनको कसलाई ?

नेपाली चलचित्रमा पनि अब डीजिटल प्रविधीको जादु देख्न पाइने भएको छ । ‘कोही मिल गया’ नामक हिन्दी चलचित्रमा देखिएको प्रविधीको जादु नेपाली चलचित्रमा पनि देखाउने कोशिश गरिएको छ ।

निर्देशक योगेश घिमिरेको निर्देशनमा तयार भएको चलचित्र ‘भूल भुलैया’मा यस्तै डीजिटलको जादु देख्न सकिनेछ । जिवन लुइटेल, नीता ढुंगाना, सोहित मानन्धर लगायतका कलाकारले अभिनय गरेको यो चलचित्र चैत्र १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।
चलचित्रमा त्रिकोणात्मक प्रेम कथालाई उतारिएको छ । जसमा नीताको प्रेम जिवनलाई र सोहितको प्रेम नीतालाई भएको देख्न सकिन्छ । दिनेश कुमार पोख्रेलको प्रस्तुतीमा तयार भएको चलचित्रमा सुशिल कार्की, मणिराज दाहाल र सुरेश गौतमको लगानी छ ।
चलचित्रका कार्यकारी निर्माता निरज ढकाल हुन् । गीतसंगीतका कारण पनि अहिले यो चलचित्र चर्चामा छ । चलचित्रमा बसन्त सापकोटाले संगीत भरेका छन् ।