काठमाडौं,पुस १५ –
गत बुधबार महानगरीय प्रहरी अपराध महाशाखामा सनसनीपूर्ण सूचना सार्वजनिक भयो । अलितपुरको अल्का अस्पतालका मालिक कुमार थापा एक किशोरीलाई लिएर गाडीमा बेपत्ता भए । मोबाइल समेत अफ भएपछि किशोरीका आफन्तले यौन शोषणका लागि लिएर गएको आशंकामा उजुरी गरे र साँझ करिब पाँच बजेतिर थापाको मोबाइल खुला भएपछि महाशाखाकी डीएसपी मीरा चौधरीले तत्काल उनलाई हनुमानढोकामा आउन आदेश दिइन् । थापा किशोरीलाई घरमा छाडेर डराउँदै हनुमानढोका पुगे । सोधपुछ गर्नेक्रममा आश्चर्यजनक तथ्यहरु फेला परे ।
थापाले आफ्नो कारमा लिएर गएकी युवती प्रवीण नेपालकी छोरी हुन् । प्रवीण नेपाल थापाकै साथी हुन्,जसलाई थापाले हाल जेल हालेका छन् । बुबालाई छुटाइदिने भन्दै थापाले ती किशोरीलाई कारमा लिएर हिँडेका थिए । प्रवीणको जेल कहानी पनि निकै रोचक छ । थापाको अल्का अस्पतालभित्र अवैध धन्दाहरु हुन्छन् भन्ने उजुरी केही महिनाअघि नेपाल मेडिकल काउन्सिलमा पुग्यो । खासगरी अबैध गर्भपतन र कानुनुले बन्देज गरेको गर्भमै अल्ट्रासाउन्डमार्फत छोराछोरी छुट्याउने धन्दाबारे प्रमाणसहित उजुरी परेको थियो ।
आजको दृष्टि साप्ताहिकमा खबर छ ।
अल्का हस्पिटलका मालिकले आफ्नै साथीलाई जेल हाली छोरी लिएर वेपत्ता भएपछी ...?
