काठमाडौँ, २४ जेष्ठ - च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनिस क्लब बार्सिलोनाले जितेको छ।
शनिबार राति भएको फाइनलमा युभेन्टसलाई पराजित गर्दै बार्सिलोनाले पाँचौ पटक उपाधि मात्र उचालेन, एकै सिजन देशको लिग, कपसँगै च्याम्पियन्स लिग जितेर ट्रेबलको कीर्तिमान बनाएको छ। बर्लिनको ओलम्पिक स्टेडियममा दक्षिण अमेरिकी तीन सुपरस्टार लिओनल मेस्सी, नेयमार र लुइस स्वरेज भएको बार्सिलोनाविरुद्ध युभेन्टसले बहादुरीपूर्ण प्रदर्शन गरेको छ। चौथो मिनेटमा नै राकिटिकले गोल गरेपछि बार्सिलोनाको सहज जितको अनुमान गरिएको थियो। तर, एक गोल आइसकेपछि पनि युभेन्टसले हार मानेन र पहिलो हाफमा बार्सिलोनाका तीन सुपर स्टारलाई गोल गर्ने मौका दिएनन्। दोस्रो हाफको ५५ औं मिनेटमा माराटाले गोल गर्दै युभेन्टसलाई खेलमा फर्काए। कार्लोस टेभेजको प्रहारमा बार्सिलोनाका गोलरक्षकले रोक्दा फर्किएर आएको बलमा उनले क्लोज रेन्जबाट गोल गरेका हुन्। तर, खेलको ६८ औं मिनेटमा लुइस स्वरेजले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए। अन्तिम मिनेटमा नेयमारले गोल गरेपछि बार्सिलोना विजयी भयो। | |
१६ जेठ, काठमाडौं । सेप ब्लाटर पाँचौ पटक फिफाको अध्यक्षमा निर्वाचित भएका छन् । भ्रष्टाचारको आरोपमा फिफाका सात उच्च अधिकारी पक्राउ गरेकै बेला भएको चुनावमा ब्लाटरले जोर्डनका राजकुमार अली बिन अल हुसेनलाई पराजित गरे ।
यद्यपि पहिलो राउण्डमा भएको चुनावले नजिता दिएन । चुनाव जित्न कुल मत २०९ को दुई तिहाई अर्थात १४० मत आवश्यक थियो ।
तर, ब्लाटरलाई ७ भोट पुगेन । दोस्रो चरणको मतदानमा भने सामान्य बहुमतका आधारमा विजयी हुने भएकाले अल हुसेनले आफ्नो नाम फिर्ता लिए ।
पाँचौ पटक अधयक्ष भएपछि ब्लाटरले फिफामा अहिले देखिएको विवादमा आफूलाई जिम्मेवार देखाउन खोजिएको भएपनि त्यसको कुनै परवाह नरहेको बताए । आफ्नो कार्यकाल पुरा हुँदा एक जिम्मेवार उत्तराधिकारीलाई एक मजबुत संस्था छाडेर जाने उनले बताए ।
ब्लाटरविरुद्ध लडेका जोर्डनका राजकुमार अलीले चुनावी परिणाम परिर्वतनको पहिलो कदम भएको बताए ।
११ वैशाख, काठमाडौं । भारतलाई पराजित गर्दै साविकको विजेता नेपाल एएफसी यू-१४ गर्ल्स क्षेत्रीय च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा नेपालले भारतलाई १-० गोल अन्तरले पराजित गर्यो । दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि ४६ औं मिनेटमा निर्मला उपाध्यायले गोल गरिन् ।
खेलको ५५ र ६२ औं मिनेटमा भारतले काउन्टर मुभ बनाएको थियो । तर, नेपाली गोलरक्षक राबिता कुमारीले उत्कृष्ट बचाउ गरिन् । ६५ औं मिनेटमा नेपालले गोल गरेको थियो । तर, रेफ्रीले अफसाइड दिए ।
अब नेपालले उपाधिका लागि बंगलादेश र इरानबीचको विजेतासँग खेल्नेछ ।
७ फागुन, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबलाई टाइब्रकेरमा नेपाल आर्मी विराट गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई टाइब्रकेरमा ४-२ गोल अन्तरले पराजित गर्यो । अब अर्मीले उपाधिका लागि झापा ११ सँग खेल्नेछ ।
स्थानीय सहिद रंगशालामा भएको खेलमा मनाङले पाँचौं मिनेटमा डोडोजको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफको ७५ औं मिनेटमा नवयुग श्रेष्ठले आर्मीका लागि बराबरी गोल फर्काए ।
९० मिनेटमा दुबै टीमबाट थप गोल नभएपछि थपिएको ३० मिनेटमा पनि गोल हुन सकेन । र, खेलको निर्णय टाइब्रेकरबाट लिइयो ।
टाइब्रेकरमा आर्मीका गोलरक्षक विकेश कुथु नायक बने । उनले अनिल गुरुङ र विसाल राईकको प्रहार रोकेपछि आर्मीको जित सुनिश्चित भयो ।
५ फागुन, काठमाडौं । अर्जेन्टिनी स्ट्राइकर एन्जेल डि मारिया रियल मड्रिड छाडेर म्यान्चेष्टर युनाइटेड पुगेका छन् । तर, बेलायतको बसाईको सुरुवातमै उनलाई अफाप भएको छ ।
दुई साताअघि मात्रै बन्दुकधारीहरुको एउटा समूहले डि मारिया बसिरहेको घरमा आक्रामण गरेको थियो । साँझ करिव साढे ७ बजे पत्नी र छोरीसँग खाना खाइरहेका बेला मारियाको घरमा बन्दुकधारी प्रवेश गरेका थिए ।
सो घटनापछि डि मारिया परिवारसहित घर छाडेर होटलमा बस्न थालेका छन् । सुरक्षाको प्रत्याभूति नभएसम्म घर नर्फकने मुडमा रहेका डि मारियालाई हालै उनका साथीहरुले समाधान सुझाएका छन् ।
बेलायती अनलाइन दि सन अनुसार म्यान्चेष्टरकै खेलाडी वायन रुनीले सम्पत्तिको सुरक्षाको जिम्मा भूपू गोर्खालाई दिन सुझाव दिएका छन् ।
भूपू गोर्खाका अगाडी कुनै पनि आक्रामणकारी घरमा प्रवेश गर्न नसक्ने भन्दै उनले उनीहरुको साथ लिन सुझाव दिएको बताइएको छ ।
आफुले पनि सन् २०१० देखि नै भूपू गोर्खालाई सुरक्षाको जिम्मा दिएको भन्दै उनले त्यसो भएमा फेरि आक्रामणको चिन्ता लिन नपर्ने बताएका छन् ।
बेलायती सेनामा काम गरिसकेका र बहादुर गोर्खालीलाई सुरक्षाको जिम्मा दिएपछि आफु र आफ्ना साथी वेष्ट ब्रोम ढुक्क भएको उनले बताएका छन् ।
५ फागुन, बिराटनगर । थ्रीस्टारलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब विराट गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको क्वार्टरफाइनलमा थ्रीस्टारलाई ३-१ ले पराजित गर्दै मनाङले केही दिन अघि आहा रारा गोल्डकपको फाइनलमा ब्यहोरेको हारको बदला दिएको छ । मनाङलाई १-० ले पराजित गर्दै थ्रीस्टारले शनिबार उपाधि उचालेको थियो ।
मनाङले खेल सुरु भएको दोस्रो मिनेटमा नै अग्रता लिएको थियो । डोडेजको पासलाई सदुपयोग गर्दै दिपक राइले गोल गरेका हुन् । १७ औ मिनेटमा थ्रीस्टारका रन्जित धिमालले गरेको प्रहारलाई मनाङका गोल रक्षक विसाल श्रेष्ठले पन्च गर्दै बचाएका थिए ।
२४ मिनेटपछि थ्रीस्टारका विष्णु सुनुवारले बराबरी गोल फर्काए । ३६ औ मिनेटमा मनाङका डोडेजले वान भर्षेज वानमा गोल गर्न चुकेका थिए । पहिलो हाफमा दुबै टीमबाट थप गोल हुन सकेन र १-१ को बराबरीमा सकियो ।
दोस्रो हाफमा दुबै दुवै टीमले आक्रमक खेल प्रर्दशन गरेका थिए । ७७ औ मिनेटमा थ्रीस्टारका सन्तोष साउखलको प्रहार पहिलो बारमाथिबाट बाहिरियो ।
तर, ८० औ मिनेटमा मनाङका शिव श्रेष्ठले गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाए । अतिरिक्त समयको तेस्रो मिनेटमा सुलभ मास्केले गोल गर्दै मनाङको जित निश्चित गरेका थिए ।
मनाङका खेलाडी दिपक राई म्यानअफ द म्याच घोषित भए ।
बुधाबारको पहिलो सेमिफाइनलमा झापा ११ झापा र जगदम्बा लुम्बिनी फुटवल क्लब रुपन्देही भिड्नेछन् ।
५ फागुन, धरान । फागुन पहिलो साताबाट सुरु हुने भनिएको १७ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता डेढ साता पछि सरेको छ ।
आयोजक धरान फुटबल क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै विराटनगरमा विराट गोल्डकप सञ्चालन भइरहेको र ए डिभिजन टिमका खेलाडीहरु बन्द प्रशिक्षणमा रहेकाले प्रतियोगिता सरेको जानकारी दिएको हो । क्लबका अध्यक्ष किशोर राईका अनुसार प्रतियोगिता फागुन १६ देखि २३ सम्म हुनेछ ।
प्रतियोगितामा मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी र एपिएफसहित कास्की, रुपन्देही, झापा, धरान र भारतका टिम सहभागी हुनेछन् ।
हरेक बर्ष राम्रा टिम नआउने क्रम बढ्दै जाँदा बुढासुब्बा गोल्डकप खल्लो हुन थालेको स्थानीयको गुनासो छ ।
गोल्डकपको विजेतालाई ३ लाख ५० हजार, उपविजेतालाई १ लाख ७५ हजार, उत्कृष्ट खेलाडीलाई यामाहा मोटरसाईकल प्रदान गरिनेछ ।
उच्च गोलकर्तालाई २१ हजार नगद, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राईकर र उत्कृष्ट कोचलाई लाई दश-दश हजार तथा प्रत्येक दिनको म्यान अफ दि म्याचलाई ५ हजार गरी पुरस्कारमा ८ लाख २६ हजार खर्च हुने आयोजकले जनाएको छ ।
गतबर्षको हिसाब सार्वजनिक भएन
बुढासुब्बा गोल्डकपको १६ औं संस्करणको आयव्यस एक बर्ष वित्दापनि आयोजकले सार्वजनिक गरेको छैन ।
पहिलेका बर्षपनि आयव्यय सार्वजनिक नगर्दा आलोचित हुने गरेको क्लबले यसपटकपनि हिसाब मिलाउन समय नभएको भनेर पुरानै रेडिमेड जवाफ दिएको छ ।
धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले १२ औं र १३ औं गोल्डकपको कागजात मिलाउन समय लागेकाले गत बर्षको हिसाब सार्वजनिक गर्न नसकेको बताए । त्यसो त गोल्डकपको आयोजकले धरानका विभिन्न होटल र अन्य ठाउँको पैसापनि लामो समयदेखि तिर्न सकेको छैन ।
एजेन्सी । भ्यालेन्टाइन डेका दिन क्रइसचर्चको ह्याग्ली ओभरमा क्रिकेट फ्यानहरु न्यूजिल्याण्ड र श्रीलंकाको विश्वकप क्रिकेटको उद्घाटन हेरिहेका थिए । तर, अचनाक खेल रोकियो । एक नङ्गो युवक मैदान प्रवेश गरेपछि खेल रोकिएको थियो । लुगा फुकाल्दै मैदान प्रवेश गरेका उनको शरीरमा कपडाको नाममा खुट्टामा मोजा मात्र बाँकी रह्यो । नङ्गो युवक मैदान प्रवेश गरेपछि सुरक्षाकर्मीहरु उनलाई पक्रन दौडिए । यो दृश्य कुनै रग्बी खेलको झै देखिन्थ्यो । समर्थक मैदान प्रवेश गरेपछि खेल झण्डै ५ मिनेट रोकिएको थियो । जुन खेल न्यूजिल्याण्डले ९८ रनले जितेको छ ।
तर, अचनाक खेल रोकियो । एक नङ्गो युवक मैदान प्रवेश गरेपछि खेल रोकिएको थियो । लुगा फुकाल्दै मैदान प्रवेश गरेका उनको शरीरमा कपडाको नाममा खुट्टामा मोजा मात्र बाँकी रह्यो ।
२९ माघ, काठमाडौं । बार्सिलोनाका स्टार लिओनल मेस्सीले नेपालका झण्डै साढे दुई लाख बालबालिकाको शिक्षाका लागि सहयोग जुटाउन अभियान थालेका छन् ।
बार्सिलोना फाउन्डेसनको अगुवाई तथा युनिसेफ र कतारमा रहेको समाजिक संस्था ‘रिच आउट टु एशिया‘को सहयोगमा ‘१ इन ११’ नामक अभियान सुरु भएको छ । जसले नेपालसहित बंगलादेश र इन्डोनेसियामा सीमान्तकृत समुदायका बालबालिकाको शिक्षाका लागि सहयोग गर्नेछ ।
त्यसका लागि युनिसेफको नेपाल कार्यालयले प्राथमिकताका दश जिल्ला छनौट गर्ने बताइएको छ । ‘ती जिल्लाका बिद्यालयहरुमा माध्यमिक तहसम्म खेलकुदका सामाग्री प्रदान गर्ने, अपाङ्ग बालबालिकालाई शिक्षाको पहुँच दिने र सीमान्तकृत र शिक्षाको पहुँच पुग्न नसकेका बालबालिकालाई बिद्यालयसम्म पुर्याउने काम हुने छ’ युनिसेफले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।
युनिसेफका अनुसार नेपालका १० जिल्लाका झण्डै ४ सय बिद्यालयमा २ लाख ६५ हजार बालबालिका यो कार्यक्रमबाट लाभान्वित हुनेछन् ।
युनिसेफका सदभावदूतसमेत रहेका स्ट्राइकर मेस्सी र अमेरिकी टेनिस स्टार सेरेना विमियम्सले रकम संकलनका लागि अगुवाई गरिरहेका छन् ।
यसका लागि आजै लण्डनमा बिश्वका चर्चित चित्रकारहरुले दिएका चित्रहरुको लिलामी कार्यक्रम हुँदै छ । जहाँ यसका अभियन्ता लियोनल मेस्सीसमेत उपस्थीत हुनेछन् । लिलामीबाट प्राप्त रकम नेपालका बालबालिकाको शिक्षाका लागि खर्च हुने छ ।
विश्वमा लाखौं बालकालिका अझै स्कुल जान नसकेकाले अभियान सुरु गरिएको मेस्सीले बताए । यो अभियान संचालन गर्नुको कारण खुलाउँदै उनले भने-‘हरेक बालकालिकालाई सपना देख्ने र त्यसलाई साकार पार्ने अधिकार छ । यसका लागि शिक्षा अनिवार्य छ ।’
बिद्यालय शिक्षासँगै खेलकुदसमेत प्रर्बद्धन गर्नुको कारण खुलाउँदै मेस्सीले भने- ‘खेलकुदमार्फत् हामी बालबालिकालाई सम्मान , टीमवर्क र मेहेनत संस्कार सिकाउन सक्छौं, खेलकुदकै कारण बालबालिकालाई बिद्यालय जान प्रेरित पनि गर्न सक्छौं ।’
बिश्वका ११ मध्ये एक बालबालिकासम्म बिद्यालय शिक्षाको पहुँच पुग्न नसकेको भन्दै सेरेनाले यसलाई सून्यमा झार्न यो अभियान सुरुवात गरिएको बताइन् । शिक्षाको अभावमा उनीहरुको पूर्ण सम्भावना र क्षमता राष्ट्रले उपयोग गर्न नसकेको भन्दै उनले अभियानले धेरैभन्दा बालबालिकालाई बिद्यालय शिक्षाको पहुँच दिने बताइन् ।
यो अभियानका लागि नेपालमा भने रकम संकलन गरिने छैन् । मेस्सी र सेलेना यो कार्यक्रमका सर्न्दभमा नेपाल आउने/नआउने बिषयमा अहिले नै स्पष्ट भइनसकेको युनिसेफ नेपालले जनाएको छ ।
म्याड्रिड, माघ ११ – खेलमा राम्रो प्रदर्शन गर्न नसकेको झोकमा विपक्षी टोलीका खेलाडीलाई हिकाउँदा रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले रातोकार्ड पाएका छन् । शनिबार स्पेनिस ला लिगा अन्र्तगत कोर्डोबाविरुद्ध खेलमा रोनाल्डोले रातो कार्ड खाएका हुन् ।
३ पटक फिफा वर्ष खेलाडी घोषित् रोनाल्डोको यो करियरमा ९ वौं रातोकार्ड हो । हिजो भएको खेलमा रोनाल्डोलाई म्यान्चेस्टर युनाइटेडका पूर्व विंगर बेबेले ओझेलमा पारेका थिए । त्यही झोंकमा उनले कोर्डोबाका डिफेन्डर एडिमारलाई लात हाने भने होजे एन्जल क्रेस्पोलाई मुक्का हानेका थिए । खेल १–१ को बराबरीमा रहँदा ८३ औं मिनेटमा रोनाल्डोले रातो कार्ड खाँदै बाहिरिए । खेलपछि उनले ट्वीट गर्दै आफ्नो व्यवहारप्रति माफी मागेका छन् । उनको यस व्यवहारका लागि उनलाई तीन खेलसम्म प्रतिबन्ध हुनसक्छ । रोनाल्डोले रातो कार्ड खाएपछि गेराथ बेलले रियललाई खेलमा बचाएका थिए । उनले अन्तिम मिनेटमा गोल गर्दै रियललाई २–१ गोलको जित दिलाए । जितसँगै रियल ४८ अंकसहित शीर्ष स्थानमा कायम रहेको छ । बार्सिलोनाभन्दा एक खेल कम खेलेको रियल एक अंकले अगाडि छ । यसअघि खेलमा कोर्डोबाले नबिल घिलासको गोलको मद्दतले खेलमा अग्रता लिएको थियो । करिम बेन्जेमाले त्यसपछि गोल गर्दै रियललाई बराबरीमा ल्याएका थिए ।
३ पटक फिफा वर्ष खेलाडी घोषित् रोनाल्डोको यो करियरमा ९ वौं रातोकार्ड हो । हिजो भएको खेलमा रोनाल्डोलाई म्यान्चेस्टर युनाइटेडका पूर्व विंगर बेबेले ओझेलमा पारेका थिए । त्यही झोंकमा उनले कोर्डोबाका डिफेन्डर एडिमारलाई लात हाने भने होजे एन्जल क्रेस्पोलाई मुक्का हानेका थिए । खेल १–१ को बराबरीमा रहँदा ८३ औं मिनेटमा रोनाल्डोले रातो कार्ड खाँदै बाहिरिए । खेलपछि उनले ट्वीट गर्दै आफ्नो व्यवहारप्रति माफी मागेका छन् । उनको यस व्यवहारका लागि उनलाई तीन खेलसम्म प्रतिबन्ध हुनसक्छ । रोनाल्डोले रातो कार्ड खाएपछि गेराथ बेलले रियललाई खेलमा बचाएका थिए । उनले अन्तिम मिनेटमा गोल गर्दै रियललाई २–१ गोलको जित दिलाए । जितसँगै रियल ४८ अंकसहित शीर्ष स्थानमा कायम रहेको छ । बार्सिलोनाभन्दा एक खेल कम खेलेको रियल एक अंकले अगाडि छ । यसअघि खेलमा कोर्डोबाले नबिल घिलासको गोलको मद्दतले खेलमा अग्रता लिएको थियो । करिम बेन्जेमाले त्यसपछि गोल गर्दै रियललाई बराबरीमा ल्याएका थिए ।
१० माघ, काठमाडौं । नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेदरल्याण्ड च्याम्पियन बनेको छ भने नेपाल चौथोमा सिमित भएको छ । तर, नेपाली कप्तान पारस प्लेयर अफ दि सिरिज घोषित भएका हुन् ।
नामिबियामा खड्काको व्याटिङ र बलिङ दुबै उत्कृष्ट थियो । उनले प्रतियोगितामा कुल ६ विकेट लिएका छन् भने दुई अर्धशतकसहित १८५ रन बनाएका छन्, जसमा २० चौका र ६ छक्का समेत संलग्न छ ।
खासगरी प्रतियोगिताको दुई बलियो टीम नेदरल्याण्ड र नामिबियाविरुद्ध नेपालले जित हात पार्दा कप्तान खड्काको महत्वपूर्ण भूमिका रहृयो । नेदरल्याण्डबिरुद्ध नेपालले २ विकेटको जित हात पार्दा उनले २५ रन खर्चेर २ विकेट लिए भने १९ रन पनि बनाए ।
क्यानडाबिरुद्ध ७७ रन बनाउनुकासाथै १ विकेट पनि लिए । जुन खेल नेपालले ७ विकेटले जित्यो । यस्तै नामिबियाबिरुद्ध नेपालले ३ विकेटको जित हात पार्दा पारसले ६४ रन बनाएका थिए ।
डिभिजन टूमा नेपालको पहिलो खेलमा पारसले १४ रन दिएर युगाण्डाको ३ विकेट लिएका थिए भने ५ रन पनि जोडेका थिए । यस्तै लिग चरणको अन्तिम खेलमा केन्याविरुद्ध २० रन बनाएका उनी तेस्रो स्थानका लागि केन्यासँगै भएको खेलमा भने शुन्यमा नै आउट भए ।
केन्यासँग लगातार दोस्रो हार
केन्यासँग ५ विकेटले पराजित हुँदा डिभिजन वानमा पुग्नबाट चुकेको नेपाल शनिबार फेरि केन्यासँग नै स्तभ्द भएको छ ।
तेस्रो स्थानका लागि नेपाल र केन्या भिडेका थिए, जुन खेल नेपालले १५ रनले गुमाएको छ ।
केन्याले प्रस्तुत गरेको २०९ रनको लक्ष्य पछ्याएको नेपाल ४७ ओभरमा १९३ रनमा अलआउट भयो । विनोद भण्डारी र ज्ञानेन्द्र मल्लले १०७ रनको साझेदारी गरेपनि अन्य व्याट्सम्यान चल्न सकेनन् ।
३५ रन जोड्दा ३ विकेट गुमाएको नेपालको पारी विवोद र ज्ञानेन्द्रले सम्हालेका थिए । चौथो विकेटका रुपमा ज्ञानेन्द्र ४८ रनमा आउट हुँदा नेपालको स्कोर १४२ थियो । थप २० रन जोड्दा विनोद ७७ रनमा आउट भए । ८३ बलको सामना गरेका विनोदले ६ चौका र २ छक्का हानेका थिए ।
तर, विनोद आउट भएपछि नेपालले थप ३१ रन जोड्दा बाँकी ५ विकेट गुमायो ।
यसअघि टस हारेर व्याटिङको निम्तो पाएको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २०८ रन बनाएको थियो । उसका लागि नेल्सन ओधिआम्बोले ४८, नरेन्द्र पटेलले ४४ र राकिप पटेलले ३२ रनको योगदान दिए ।
नेपालका सोमपाल कामीले १० ओभरमा दुई मेडन राख्दै ४१ रन खर्चिएर ३ विकेट लिए । सागर पुनले २ तथा शक्ति गौचन र भुवन कार्कीले समान १-१ विकेट लिए ।
नेपाली खेलाडीको प्रदर्शन कस्तो ?
डिभिजन टूमा सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल बने । उनी प्रतियोगिताका धेरै रन बनाउने ब्याट्सम्यानहरुको सूचीमा शीर्ष तीनमा परे । उनले ६ खेलमा २३६ रन बनाए, जसमा केन्याविरुद्ध अविजित ९१ समेत छ ।
दोस्रो स्थानमा पारस रहे, उनले १८५ बनाए । विनोद भण्डारीले १४४ रन बनाए, जसमा अन्तिम खेलमा शनिबार केन्याविरुद्धको ७३ पनि छ ।
बलिङतर्फ नेपाली तीव्र गतिका बलर सोमपाल कामी ११ विकेटका साथ शीर्ष पाँचमा परेका छन् । करण केसीले ९ विकेट लिए । डेब्यू प्रतियोगितामा उनले निकै उत्कृष्ट बलिङ गरे ।
बसन्त रेग्मी र शक्ति गौतनले समान ७/७ विकेट लिए । यो प्रतियोगिताकै क्रममा बसन्त रेग्मी विश्व क्रिकेट लिगमा १०० विकेट लिने पहिलो क्रिकेटर बने ।
नेदरल्याण्ड च्याम्पियन
नामिबियालाई ८ विकेटले पराजित गर्दै नेदरल्याण्डले डिभिजन टूको उपाधि जितेको छ ।
पहिले व्याटिङ गरेको नामिबियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनायो । उसका लागि विलियम्सले ५४ रन बनाए ।
जवाफमा नेदरल्याण्डले ४१ ओभरमा मात्र २ विकेट गुमाएर जित हात पार्यो । उसका लागि पिटर बोरेनले अविजित ६० तथा बेन कुपरले अविजित ५१ रन बनाए । उसका माइबर्गले ५० र महमदले ४१ रन बनाए ।
नामिबियाको ५ विकेट लिएका रिपोन म्यान अफ दि फाइनल बने ।
६ माघ, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा आज नेपालले क्यानडाको सामना गर्दैछ ।
खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ । आफ्नो दोस्रो खेलमा नेदरल्याण्डलाई पराजित गरेको नेपाली टोली आज उच्च मनोबलका साथ मैदान उत्रनेछ ।
पहिलो खेलमा युगाण्डासँग पराजित भएको नेपालले दोस्रो खेलमा प्रतियोगिताको बलियो टोली नेदरल्याण्डलाई २ विकेटले पराजित गरेको थियो ।
नेपाली टोली आज आफ्नो जितको लय कायम राख्न चाहन्छ । डिभिजन वानमा उक्लिने लक्ष्य पूरा गर्न नेपालले बाँकी सबै खेल जित्नु पर्नेछ भने डिभिजन २ को हैसियत सहज रुपमा पक्का गर्न बाँकी तीन मध्ये दुई खेल जित्नै पर्ने दबाव छ । यस अर्थमा क्यानडासँगको खेल महत्वपूर्ण हुन्छ ।
तर, नामिबियामा नेपालको ब्याटिङ चलेको छैन । बलिङ भने उच्च लयमा देखिएको छ ।
क्यानडासँग नेपालको इतिहास भने सुखद छैन । एकदिवसीयमा यसअघि भएको पहिलो भेटमा नेपाल क्यानडासँग १२ रनले पराजित भएको थियो । गत वर्ष न्यूजिल्याण्डमा भएको विश्वकप छनोटको त्यो खेल नेपाल र क्यानडाबीचको पहिलो भेट थियो ।
तर, क्यानडाको टोलीमा धेरै परिर्वतन भएको छ । कप्तान शाशिष बगाईसहित थुप्रै अनुभवी खेलाडी अहिले टोलीमा छैनन् ।
तर, चार पटक विश्वकप खेलिसकेको क्यानडालाई नेपालले सहज प्रतिद्वन्द्वी होइन ।
४ माघ, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले पहिलो जित हात पारेको छ ।
नेपालले आइतबार भएको आफ्नो दोस्रो खेलमा बलियो प्रितिद्वन्द्वी नेदरल्याण्डमाथि २ विकेटको रोमान्चक जित हात पारेको... छ ।
नेदरल्याण्डले प्रस्तुत गरेको १५९ रनको लक्ष्य नेपालले अन्तिम तीन बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात भने निकै खराव थियो ।
कुन ५ रन बनाउँदा ओपनर नरेश बुढायरलाई १ रनमा गुमाएको नेपालले थप रन नजोड्दा दोस्रो विकेट झर्यो । उपकप्तान ज्ञानेन्द्र मल्ल पहिलो बलमै आउट भए ।
कप्तान पारस खड्का र सुवासले ३० रनको साझेदारी गरे । तर, खकुरेल १५ रनमा आउट भएपछि पारस र विनोद भण्डारीले नेपालीको पारी अघि बढाए ।
विनोदसँग ३४ रनको साझेदारी गरेका कप्तान पारस खड्का १९ रनमा आउट भए । नेपालका लागि आकर्षक पारी खेलेका विनोदले ३० बलमा चार चौका र तीन छक्कासहित ३५ रन बनाउँदै नेपालको पारी उकासे ।
त्यसपछि सागर पुन १३ र बसन्त रेग्मी ६ रनमा आउट हुँदा नेपालले ७ विकेट गुमाएर ११३ रन बनाएको थियो । तर, सोमपाल कामीले २८ बलमा तीन चौकासहित २४ रन बनाउँदा नेपालाई जितको बाटो देखाए ।
शरद भेसवाकर २४ र शक्ति गौचन २ रनमा अविजित रहे ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेदरल्याण्डले अन्तिम बल खेल्नुअघि सबै विकेट गुमाएर १५८ रन बनायो । नेपाली बलरहरु हावी भएको खेलमा प्रतियोगिताको बलियो टोली नेदरल्याण्ड सुरुबाटै दबाव आएको थियो ।
५४ रन जोड्दा ५ विकेट गुमाएको नेदरल्याण्डको पारी स्टफेन र मिचेल रिप्पोनले सम्हाल्ने प्रयास गरे । उनीहरुले अर्धशतकीय साझेदारी गरे ।
नेपालका कप्तान पारस खड्का, बसन्त रेग्मी, शक्ति गौचन र सोमपाल कामीले समान २-२ विकेट लिए ।
नामिबिया शीर्ष र नेपाल तेस्रो स्थानमाअर्को खेलमा क्यानडाले केन्यालाई ४६ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ । क्यानडाले दिएको २५८ रनको पछ्याएको केन्या २११ रनमा अलआउट भयो ।
लगातार दोस्रो जित हात पार्ने क्रममा नामिबियाले युगाण्डालाई ४ विकेटले पराजित भएको छ । पहिले व्याटिङ गरेको युगाण्डाले ५० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनायो ।
जवाफमा नामिबियाले ४६.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
दुई खेलको समाप्तीमा नामिबिया ४ अंकसहित शीर्ष स्थानमा छ भने २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । समान अंक भएपनि रेट रेटका आधारमा नेदरल्याण्ड दोस्रो स्थानमा छ भने युगाण्डा चौथो, क्यानडा पाँचौं स्थानमा छ ।
केन्याले भने दुबै खेल गुमाएको छ र पुछारमा छ ।
नेपालले आइतबार भएको आफ्नो दोस्रो खेलमा बलियो प्रितिद्वन्द्वी नेदरल्याण्डमाथि २ विकेटको रोमान्चक जित हात पारेको... छ ।
नेदरल्याण्डले प्रस्तुत गरेको १५९ रनको लक्ष्य नेपालले अन्तिम तीन बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात भने निकै खराव थियो ।
कुन ५ रन बनाउँदा ओपनर नरेश बुढायरलाई १ रनमा गुमाएको नेपालले थप रन नजोड्दा दोस्रो विकेट झर्यो । उपकप्तान ज्ञानेन्द्र मल्ल पहिलो बलमै आउट भए ।
कप्तान पारस खड्का र सुवासले ३० रनको साझेदारी गरे । तर, खकुरेल १५ रनमा आउट भएपछि पारस र विनोद भण्डारीले नेपालीको पारी अघि बढाए ।
विनोदसँग ३४ रनको साझेदारी गरेका कप्तान पारस खड्का १९ रनमा आउट भए । नेपालका लागि आकर्षक पारी खेलेका विनोदले ३० बलमा चार चौका र तीन छक्कासहित ३५ रन बनाउँदै नेपालको पारी उकासे ।
त्यसपछि सागर पुन १३ र बसन्त रेग्मी ६ रनमा आउट हुँदा नेपालले ७ विकेट गुमाएर ११३ रन बनाएको थियो । तर, सोमपाल कामीले २८ बलमा तीन चौकासहित २४ रन बनाउँदा नेपालाई जितको बाटो देखाए ।
शरद भेसवाकर २४ र शक्ति गौचन २ रनमा अविजित रहे ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेदरल्याण्डले अन्तिम बल खेल्नुअघि सबै विकेट गुमाएर १५८ रन बनायो । नेपाली बलरहरु हावी भएको खेलमा प्रतियोगिताको बलियो टोली नेदरल्याण्ड सुरुबाटै दबाव आएको थियो ।
५४ रन जोड्दा ५ विकेट गुमाएको नेदरल्याण्डको पारी स्टफेन र मिचेल रिप्पोनले सम्हाल्ने प्रयास गरे । उनीहरुले अर्धशतकीय साझेदारी गरे ।
नेपालका कप्तान पारस खड्का, बसन्त रेग्मी, शक्ति गौचन र सोमपाल कामीले समान २-२ विकेट लिए ।
नामिबिया शीर्ष र नेपाल तेस्रो स्थानमाअर्को खेलमा क्यानडाले केन्यालाई ४६ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ । क्यानडाले दिएको २५८ रनको पछ्याएको केन्या २११ रनमा अलआउट भयो ।
लगातार दोस्रो जित हात पार्ने क्रममा नामिबियाले युगाण्डालाई ४ विकेटले पराजित भएको छ । पहिले व्याटिङ गरेको युगाण्डाले ५० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनायो ।
जवाफमा नामिबियाले ४६.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
दुई खेलको समाप्तीमा नामिबिया ४ अंकसहित शीर्ष स्थानमा छ भने २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । समान अंक भएपनि रेट रेटका आधारमा नेदरल्याण्ड दोस्रो स्थानमा छ भने युगाण्डा चौथो, क्यानडा पाँचौं स्थानमा छ ।
केन्याले भने दुबै खेल गुमाएको छ र पुछारमा छ ।
काठमाडौं,माघ ३ – पछिल्लो साफ च्याम्पियनसिपको अन्तिममा नाटकीय रुपमा गोल गर्दै नेपाललाई खेल जिताएपछि एकाएक हिरो बनेका नेपाली अन्डर सेभेन्टिन फुटबल टीमका कप्तान विमल घर्तीमगरको क्यारिएर उकालो लाग्ने क्रम जारी छ । अन्तर्राष्ट्रिय क्लबको आँखा विमलमाथि परेसँगै उनी एकपछि अर्को ‘डिमान्डेड’ बन्दै गएका छन् । बेज्जियमको क्लबमा आफ्नो खेल प्रदर्शन गरेपछि त्यहाँको क्लबको आँखामा परेका उनी पुनः अर्को क्लबबाट रुचाइएका छन् ।
विमल शनिबार बिहान अर्को नयाँ क्लबमा सहभागी हुन बेल्जियम प्रस्थान गरेका छन् । बेल्जियमको क्लब केआरसी जेन्क एफसीमा ट्रायल दिन घर्तिमगर त्यसतर्फ प्रस्थान गरेका हुन् ।
क्लबका निर्देशक गुन्टर ज्याकोबले विमल घर्तीमगरलाई आफ्नो क्लबको युवा टोलीसँग अभ्यास गराउने इच्छा व्यक्त गरेपछि विमललाई त्यसका लागि निम्त्याइएको हो । यो क्लब बेल्जियमको व्यावसायिक क्लबहरु मध्ये एक हो ।
यसअघि मगर आरएससी एन्डरलेच्ट क्लबमा आवद्द भएका थिए । उक्त क्लबमा विमलले आफ्नो निकै नै उत्कृष्ट खेल कौशल प्रस्तुत गरेका थिए ।
मगरले बेल्जियममा तीन महिना बिताउने छन् । क्लबले विमलको सम्पूर्ण खर्च व्यहोर्ने छ । एजेन्ट लोविस डे भ्रिक्सले यसमा सम्झौता गराएको छ । यसअघि विमललाई वेज्लियम क्लबमा यही एजेन्टले आवद्द गराएको थियो ।
बेल्जियको जेन्क सहरमा रहेको यो क्लबले यसअघि ३ वटा खेलमा उपाधि चुमिसकेको छ ।
१ माघ, काठमाडौं । क्रिष्टियानो रोनाल्डो पोर्चुगलको सर्वकालीन उत्कृष्ट फुटबलर घोषित भएका छन् ।
पोर्चुगल फुटबल फेडेरेशनको १०० औं बाषिर्क उत्सवमा रोनोल्डोलाई पोर्चुगलको फुटबल इतिहासमा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
भोटिङमा रियल मडि्रडका स्टार स्ट्राइकर रोनाल्डोले लेजेन्ड फिगो र युसेविओलाई समेत पछि पारे ।
कार्यक्रममा रोनाल्डो भने उपस्थित थिएनन् । स्पेनिस कोपा डेल रेमा एथ्लेटिकोविरुद्धको खेलका कारण कार्यक्रममा अनुपस्थित भएका हुन् ।
कार्यक्रममा रोनाल्डो भने उपस्थित थिएनन् । स्पेनिस कोपा डेल रेमा एथ्लेटिकोविरुद्धको खेलका कारण कार्यक्रममा अनुपस्थित भएका हुन् ।
२८ पुस, काठमाडौं । लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डो मध्ये को उत्कृष्ट फुटबलर भन्ने बहस केही वर्षदेखि चल्दै आएको छ ।
आज घोषणा हुने बालोन डि’ओर अवार्डले पनि शायदै यसलाई टुंगो लागाउने छैन । तर, आज घोषणा हुने उत्कृष्ट फुटबलरको अवार्डका लागि रोनाल्डो र मेस्सीसहित गोलरक्षक नुयुर प्रतिस्पर्धामा छन् ।
नेपाली समय अनुसार मध्यराति जुरिचमा बालोन डि’ओर अवार्ड विजेताको घोषणा हुनेछ ।
यो पटक पनि गत वर्षको विजेता क्रिष्टियानो रोनाल्डोलाई प्रमुख दावेदारका रुपमा हेरिएको छ ।
निकै र्फममा रहेका रियल मड्रिडका स्ट्राइकर रोनाल्डोले २०१४ मा ६१ गोल गरेका छन् । उनको उत्कृष्ट प्रदर्शनसँगै रियल मड्रिडले च्याम्पियन्स लिगका साथै कोपा डेल रे, यूइएफए सुपर कप र क्लब वर्डकपको उपाधि जितेको छ ।
तर, ब्राजिलमा भएको विश्वकपमा भने उनको प्रदर्शन विर्सनलायक रहृयो । उनको टीम पोर्चुगल समूह चरणबाटै बाहिरिएको थियो ।
लगातार चार पटक बालोन डि’ओर बिजेता बनेका मेस्सी २०१३ मा भने पछि परे । यो सिजन पनि उनलाई प्रमुख दावेदारका रुपमा हेरिएको छैन ।
तर, मेस्सीले २०१४ मा च्याम्पियन्स लिग र ला लिगाको सर्वाधिक गोलको कीर्तिमान बनाएका छन् । उनकै प्रेरणामा अर्जेन्टिनाले विश्वकपमा २८ वर्षपछि फाइनलसम्मको यात्रा तय गरेको थियो ।
यद्यपि अर्जेन्टिना फाइनलमा जर्मनसँग पराजित भयो । मेस्सीले विश्वकपमा गोल्डेन बल जितेका थिए ।
अर्का दावेदार हुन बार्यन म्युनिख तथा जर्मन गोलरक्षक नुयुर । जर्मनीले विश्वकप जित्दा उनको उत्कृष्ट प्रदर्शन रहृयो भने बार्यन म्युनिख जर्मन च्याम्पियन बन्यो । २०१४ मा ६२ खेलमा मात्र ४० गोल खाएका उनी जर्मनका प्लेयर आफ दि इयर समेत हुन् ।
२८ पुस, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टुको तयारीका क्रममा दक्षिण अफ्रिका पुगेको पुगेको नेपाली टोलीले अभ्यास खेलमा पहिलो जित हात पारेको छ ।
नेपालले आफ्नो दोस्रो अभ्यास खेलमा एमपुमलांगालाई ६४ रनले पराजित गरेको छ । पहिलो अभ्यास खेलमा नेपाल पराजित भएको थियो ।
बेनोनीमा नेपालले प्रस्तुत गरेको २३५ रनको लक्ष्य पछ्याएको एमपुमलांगा ४४.५ ओभरमा १७० रन जोड्दा अलआउट भयो । उसका लागि लफ्रास लोलमनले सर्वाधिक ६२ रन बनाए । उनी करण केसीको बलमा बोल्ड आउट गरेका थिए ।
बेनोनीमा नेपालले प्रस्तुत गरेको २३५ रनको लक्ष्य पछ्याएको एमपुमलांगा ४४.५ ओभरमा १७० रन जोड्दा अलआउट भयो । उसका लागि लफ्रास लोलमनले सर्वाधिक ६२ रन बनाए । उनी करण केसीको बलमा बोल्ड आउट गरेका थिए ।
कसिलो बलिङ गरेका करण केसीले १० ओभरमा ४८ रन दिएर उनले ५ विकेट लिए । सोमपाल कामी र बसन्त रेग्मीले समान २ २ विकेट लिए भने शक्ति गौचनले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्काले ७९ रन बनाए । ११० बलको सामना गरेका उनले १० चौका र २ छक्का हानेका थिए । शरद भेसवाकरले ४४ रन बनाए । आक्रमक पारी खेलेका सोमपाल कामीले १७ बलमा तीन चौका र तीन छक्काको मदतमा अविजित ४० रन बनाए ।
उपकप्तान ज्ञानेन्द्र मल्लले २६ रन बनाए भने विनोद भण्डारी १५ र सुवास खकुरेल ४ मा आउट भए । बसन्त रेग्मी एक रनमा अविजित रहे भने नरेश बुढायर र सागर पुनले खाता नै खोल्न सकेनन् ।
एमपुमलांगाका निटलिङले चार विकेट लिएका थिए ।
२३ पुस, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन-२ मा सहभागिता जनाउने नेपाली क्रिकेट टोली बुधबार दक्षिण अफ्रिका जाँदैछ ।
नामिवियामा आगामी जनवरी १७ देखि डिभिजन २ को खेल हुँदैछ । दक्षिण अफि्रका रहँदा नेपालले तीन अभ्यास खेल खेल्नेछ । सोही अभ्यास खेलका लागि १३ खेलाडी र प्रशिक्षक पुबुदु दासानायके आज त्यसतर्फ जाँदैछन् । अमृत भट्टराईसहितका खेलाडीहरु भने शुक्रबारमात्र त्यसतर्फ जानेछन् ।
नामिवियामा आगामी जनवरी १७ देखि डिभिजन २ को खेल हुँदैछ । दक्षिण अफि्रका रहँदा नेपालले तीन अभ्यास खेल खेल्नेछ । सोही अभ्यास खेलका लागि १३ खेलाडी र प्रशिक्षक पुबुदु दासानायके आज त्यसतर्फ जाँदैछन् । अमृत भट्टराईसहितका खेलाडीहरु भने शुक्रबारमात्र त्यसतर्फ जानेछन् ।
दक्षिण आफि्रका जाने खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानले मंगलबार बिदाइ गरेको थियो ।
नेपाली क्रिकेट टोलीले दुई महिनाअघि मलेसियामा डिभिजन ३ को खेल जित्दै नामिवियामा हुने डिभिजन २ को खेलमा सहभागी हुने मौका पाएको थियो ।
१४ पुस, नयाँदिल्ली । राष्ट्रिय टोलीका कप्तान सुनिल क्षेत्री यो वर्षको भारतका उत्कृष्ट फुटबलर घोषित भएका छन् ।
बेङ्ग्लुरुका कप्तान समेत रहेका उउनले एआईएफएफ प्लेयर अफ दि इयर अवार्ड हात पारेका हुन् ।
आई लिग प्रशिक्षकहरुको मतका आधारमा क्षेत्रलाई यो अवार्ड प्रदान गर्ने निर्णय गरिएको अल इण्डिया फुटबल फेडेरेसनले जनाएको छ ।
उनले २०१३ मा पनि यो अवार्ड जितेका थिए । साथै चार वर्षमा उनको यो तेस्रो अवार्ड समेत हो ।
३० वर्षका सुनिलले यो अवार्डले आफूलाई खेलमा थप केन्द्रित हुन हौसला मिलेको बताएका छन् ।





