अमेरिकी डलरको मुल्य आज १ सय २ रुपैयाँ पुग्यो
काठमाडौ ,१३ पुस । पुस महिनाको सुरुवातदेखि नै लगातार बढेको अमेरिकी डलरको मुल्य आज १ सय २ रुपैयाँ पुगेको छ ।आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर १ सय १ रुपैयाँ ४० पैसामा खरिद गर्ने र १ सय २ रुपैयाँमा बिक्री गर्ने जनाएको छ ।
नविल बैंक, नेपालइन्भेष्टमेन्ट बैंक, हिमालयन बैंकले राष्ट्र बैंकले तोकेकै दरमा डलर खरिद बिक्री गरिरहेको जनाएका छन । एसबिआई बैंकले भने प्रतिअमेरिकी डलर १ सय रुपैयाँ ८९ पैसामा किन्ने र १ सय २ रुपैयाँमा बिक्री गर्ने जनाएको छ । अन्य वाणिज्य बैंकहरुले अमेरिकी डलर १ सय २ रुपैयाँ भन्दा बढी मुल्यमा बिक्री गरिरहेको जनाएको छ ।

