राजेश हमालको प्रस्तुति हेर्न २० हजार दर्शक ओईरो
| रमेश
भट्टराई, कैलाली - कैलालीको अत्तरियामा जारि अत्तरिया सास्कृतिक महोत्सवमा
आठौ दिन महानायक राजेश हमालको प्रस्तुति हेर्न दर्शकहरुको ओईरो लागेको
थियो । महोत्सव अवलोकनका लागि करिब १७ हजार बढि दर्शकहरु आएपनि करिब १५ हजारको हाराहारीमा मात्रै दशर्कहरुले महोत्सव अवलोकन गर्न पाएका थिए । महोत्सव भित्र ठाउ अभावका कारण महोत्सव अवलोकन गर्न आएका केहि दर्शकहरुले अवलोकन गर्न नपाएको आयोजक न्यू सिर्जनशिल युवा क्लबका अध्यक्ष नरबहादुर राईले जानकारि दिनुभयो । महोत्सवमा महानायक राजेश हमालले नाचेर दर्शहरुलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो भने लोकदोहरि गायक रामजी खाँणले आफ्ना करिब एक दर्जन चर्चित गितहरु प्रस्तुति गरि दर्शहरुलाई मनोरञ्जन दिलाएका थिए । महानायक राजेश हमाल र गायक खाणको प्रस्तुति हेर्न एकैचोटी करिब १५ हजार दर्शक महोत्सव स्थलमा पुगेपछि स्वयमसेवक र प्रहरीहरुलाई भिड साम्य पार्न हम्मे हम्मे परेको थियो । यस्तै माघ २ गते आधुनिक गायक प्रमोद खरेल चर्चित देउडा गायक नन्दकृष्ण जाशी र माघ ३ अन्तिम दिन महोत्सवमा चर्चित आधुनिक गायिका ईन्दिरा जोशीको प्रस्तुति रहने भएको छ । महोत्सवमा कृषि, पर्यटन, खानपिनका बिभिन्न स्टल र संसारकै सवैभन्दा ठुलो चरा अष्ट्रिच, एसियाकै सवैभन्दा होचि महिला, र थारु गाँउका स्टलहरु मुख्य प्रदर्शनीमा राखिएका छन । |
|
