दुई दिनमा ५७ पैसाले घट्यो डलरको भाउ

१४ फागुन काठमाडौं । दुई दिनमा अमेरिकी एक डलरको भाउ ५७ पैसाले घटेको छ । मंगलबारको तुलनामा बुधबार २० पैसाले घटेको डलरको भाउ बुधबारको तुलनामा बिहीबार ३७ पैसाले घटेको हो ।
नेपाल राष्ट्र बैंकले बिहीबार एक डलर ९८ रुपैयाँ ८५ पैसामा किनेर ९९ रुपैयाँ ९५ पैसामा बिक्री गर्ने जनाएको छ । बुधबार राष्ट्र बैंकले प्रतिडलर ९९ रुपैयाँ २२ पैसामा किनेर ९९ रुपैयाँ ८२ पैसामा बिक्री गरेको थियो ।
तीनदिन लगातार सय रुपैयाँ तल रहेर मंगलबार सय रूपैयाँ नाघेको थियो ।