अमेरिकामा सडक दुर्घटनामा मृत्यु भएकी सन्ध्याको नाममा पुरस्कार

फोटो :फाइल तस्‍बिर
काठमाडौं : अमेरिकामा सडक दुर्घटनामा परी निधन भएकी नेपाली छात्रा सन्ध्या खड्काको स्मृतिमा पुरस्कार स्थापना भएको छ ।
 
सन्ध्या खड्का स्मृति प्रतिष्ठानले काठमाण्डौ र नुवाकोटका जेहेनदार, विपन्न र सिमान्तकृत समुदायका छात्रछात्रालाई सन्ध्या खड्का स्मृति छात्रवृति प्रदान गर्ने प्रतिष्ठानका अध्यक्ष सहदेव खड्काले जानकारी दिए । प्रतिष्ठानले सन्ध्याको नाममा ३ लाख रुपैया“को अक्षयकोष स्थापना गरेको छ ।
 
राजधानीमा आयोजित कार्यक्रममा सन्ध्याद्वारा लिखित ‘मेरो लक्ष्यको यात्रा र अमर पृथ्वीस“गको सम्बन्ध’ नामक पुस्तकको विमोचन समेत भएको छ । पुस्तकमा सन्ध्याले अमेरिकामा रह“दा आमा रञ्जु महत खड्कालाई लेखेका चिट्ठीका साथै विभिन्न लेखहरु संग्रहित छन् । उच्च शिक्षा अध्ययनका लागि सन् २०१३ अप्रिलमा अमेरिकाको सियाटल राज्य पुगेकी उनको उत्तरी सियाटल सामुदायिक कलेज जाने क्रममा सन् २०१४ अप्रिल १४ मा सडक दुर्घटनामा मृत्यु भएको थियो ।