सप्तरी र कन्चनपुरमा मोटरसाइकल दुर्घटनामा २ को मृत्यु

१० वैशाख, सप्तरी । सप्तरी र कन्चनपुरमा विहीबार भएका मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
सप्तरीको शम्भुनाथमा ७ मा स १ त २८४८ नम्बरको ट्याक्टर, को १ च ८४८४ नम्बरको कार र बा २५ प ९९९७ नम्बरको मोटरसाइकल ठोक्किएमा थिए ।

सो दुर्घटनामा मोटरसाइकल चालक सप्तरी राजापुर ७ का निलकण्ठ यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार एक व्यक्ति घाइते छन् ।
कन्चनपुरमा १ को मृत्यु
यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तरगत कन्चनपुरको भीमदत्तनगर-झलारी सडकखण्डको दैजीमा दुई मोटरसाइकल जुध्दा सुडा-९ का ३२ वर्षीय हिक्मत धानुकको मृत्यु भएको छ ।
म १ प ९२०६ नम्बरको मोटरसाइकलमा सवार धानुकलाई विपरीत दिशाबाट आइरहेको मोटरसाइकलले र दैजी गाविसको निङ्गलाशैनी मन्दिर नजिक ठक्कर दिएको थियो ।
ठक्कर दिने मोटरसाइकल चालक फरार भएकाले खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।