रमेश खरेललाई फेरि अर्को धक्का

काठमाडौं, २४ चैत ।
श्रीमतीलाई सुराक बनाएर पैसा खाएको आरोप लागेर बदनाम भएका एसएसपी रमेश खरेलको करिअरमा अर्को धक्का लागेको छ । भरतपुर तालिम केन्द्रमा समादेशकका रुपमा कार्यरत एसएसपी रमेश खरेलको कामप्रति लोकसेवा गम्भीर प्रश्न मात्र उठाएको छैन, भर्ना प्रक्रिया नै रद्द गर्न निर्देशन दिएको छ ।
...
'रमेश खरेललाई फेरि अर्को धक्का
 ==================
काठमाडौं, २४ चैत ।
श्रीमतीलाई सुराक बनाएर पैसा खाएको आरोप लागेर बदनाम भएका एसएसपी रमेश खरेलको करिअरमा अर्को धक्का लागेको छ । भरतपुर तालिम केन्द्रमा समादेशकका रुपमा कार्यरत एसएसपी रमेश खरेलको कामप्रति लोकसेवा गम्भीर प्रश्न मात्र उठाएको छैन, भर्ना प्रक्रिया नै रद्द गर्न निर्देशन दिएको छ ।
 
जवान पदको भर्ना प्रक्रियाअन्तर्गत पहिलेको अन्तर्वार्ता रद्द गरी पुनः अन्तर्वार्ता गर्न निर्देशन दिएको छ । सोही अनुसार प्रहरी प्रधान कार्यालयको भर्ना तथा छनौट शाखाले सोमबार एक सूचना निकाल्दै लिखित परीक्षामा पास भएकाहरुको वैशाख २–७ गतेसम्म फेरि अन्तर्वार्ता हुने भएको छ ।
लोकसेवाले बनाएको प्रहरी नियमावलीअनुसार अन्तर्वार्तामा नम्बर नदिइएको भन्दै आयोगले पहिलेको अन्तर्वार्ता नै रद्द गराएको हो । यसले एसपी रमेश खरेलको कार्यशैलीप्रति प्रश्न उठेको त छ नै प्रहरीको समग्र भर्ना प्रक्रिया नै विवादमा तानिएको छ । दृष्टि साप्ताहिकमा खबर छ ।' जवान पदको भर्ना प्रक्रियाअन्तर्गत पहिलेको अन्तर्वार्ता रद्द गरी पुनः अन्तर्वार्ता गर्न निर्देशन दिएको छ । सोही अनुसार प्रहरी प्रधान कार्यालयको भर्ना तथा छनौट शाखाले सोमबार एक सूचना निकाल्दै लिखित परीक्षामा पास भएकाहरुको वैशाख २–७ गतेसम्म फेरि अन्तर्वार्ता हुने भएको छ ।
लोकसेवाले बनाएको प्रहरी नियमावलीअनुसार अन्तर्वार्तामा नम्बर नदिइएको भन्दै आयोगले पहिलेको अन्तर्वार्ता नै रद्द गराएको हो । यसले एसपी रमेश खरेलको कार्यशैलीप्रति प्रश्न उठेको त छ नै प्रहरीको समग्र भर्ना प्रक्रिया नै विवादमा तानिएको छ । दृष्टि साप्ताहिकमा खबर छ ।