अबको केही महिनामा विश्व युद्ध हुने ठोकुवा.. एकातिर चीन र रसिया, अर्को तिर अमेरिका

संसारका मुख्य शक्तिहरुका बोली र व्यवहारमा कडापन ह्वात्तै बढेपछि एक पटक फेरी विश्वयुद्धको त्रासदी बढेको छ।

अमेरिका, चीन, युरोपियन युनियन र रसियाका स्वार्थहरु एकआपसमा नराम्ररी बाझिन थालेपछि कतै विश्व तेस्रो विश्वयुद्ध तर्फ अग्रसर त भएको होइन् भने आशंकाहरु बढेका हुन्। अमेरिका र चीन, ‘साउथ चाइन सि’ का विषयमा चरम विवाद, युरोपियन युनियन सहित अमेरिकाको रसिया विरुद्ध गोलबन्दी र चीन र रसियाको बाक्लिदो सम्बन्धका संकेतहरु प्रिय छैनन्। त्यसमाथि एक अर्कालाई देखाउन र तर्साउन शुरु गरिएका सैन्य अभ्यासहरु होश उडाउने किसिमका छन्।


तस्बिर स्रोतः एएफपी
संसारका मुख्य शक्तिहरु ध्रुविकृत हुँदै जाँदा यसले युद्धको खतरालाई टार्ने नमिल्ने हदसम्मै पुर्याइदिएको होइन भन्ने आशंकाहरुले जबरजस्त ठाउँ पाएका हुन्। प्रतिष्ठित तथा चर्चित सैन्य विश्लेषक जोन स्किनडलरले ट्विट गरे-‘एक उच्च नेटो अधिकारीले मलाई आज भने-यही गर्मीको मौसस(समर)मा संभवतमा हामी युद्धमा हुनेछौ। हामी भाग्यमानी रहे आणविक युद्ध नहुन सक्छ ।’ उनी अमेरिकी युद्ध कलेजका पुर्व लेक्चर समेत हुन्।


तस्बिर स्रोतः एएफपी
मे महिनाकै पहिलो हप्तामा नेटोले इस्टोनियामा अहिले सम्मै ठुलो सैन्य अभ्यास गर्यो। यो सैन्य अभ्यासको एक मात्र उदेश्य रसियन राष्ट्रपति भ्लादिमिर पुटिनको महत्वकांक्षालाई जवाफ दिनु मात्र थियो । रसिया चुप बसेन, मेडिटेरानियन समुन्द्रमा चीनसंग मिलेर सैन्य अभ्यास गर्यो जुन अमेरिका सहित नेटोलाई जोडदार जवाफ थियो।

युक्रेनपछी पुटिनको आँखामा बाल्टिक क्षेत्रका देशहरु परेको अनुमान गरिएको छ। गत महिना लाटभियाले रसियन पनडुब्बी (सबम्यारिन)लाई आफ्नो समुन्द्रमा भेटेको जनाएको थियो भने फिनल्याण्डले आफ्नो क्षेत्रमा अज्ञात सबम्यारिनमाथि आक्रमण गर्नु परेको सुचना दिएको थियो। यसकै आधारमा पनि अमेरिका रसियाप्रति सशंकित छ।


तस्बिर स्रोतः अमेरिकी वायुसेना
अमेरिका र चिनियाँ सम्वन्ध पनि निकै तनावपुर्ण छ। ‘साउथ चाइना सि’को विषयमा दूई देशहरुको कुरो कतै मिल्दैन् भने बीचको बाटो पनि सहज देखिन्न। प्राय कुटिनैतिक बोली बोल्न रुचाउने चीनको पछिल्लो स्वरहरु निकै आक्रमक हुँदै गएका छन्। सरकार नियन्त्रित पत्रिका द ग्लोवल टाइम्स लेख्छ-‘साउथ चाइना सिमा चीनले गरिरहेका निर्माण रोक्नु पर्ने मागबाट अमेरिका पछि हट्दैन् भने युद्ध निश्चित छ।’

अमेरिकाका खबरपति जर्ज सोरोसले केही हप्ता अघि विश्व बैंकको एक कार्यक्रममा सनसनीपुर्ण टिप्पणी गरे। उनले भनेका थिए-संसार तेस्रो विश्व युद्धको नजिक छ। उनको विश्लेषण थियो-चीन रसियासंग राजनैतिक र सामरिक रुपमा मिलेर तेस्रो विश्व युद्धको शुरुवात गर्न सक्दछ। निर्यातमा आधारित अर्थतन्त्रलाई आन्तरिक मागका आधारमा चल्ने पद्धतिमा ढाल्न संघर्ष गरिरहेको चीनलाई देश ‘एक ढिक्कामा’ राख्न युद्ध जरुरी भएको उनको तर्क थियो।