सालीलाई बलात्कार गरेको आरोपमा पक्राउ



0793042001431601895बालिका बलात्कारको आरोपमा झापाको भद्रपुरका बले सतार पक्राउ परेका छन् । सतारले नातामा साली पर्ने बुधबारे ४ की एकजना १५ बर्षे दलित बालिकालाई बिर्तामोडको होटलमा ल्याएर बलात्कार गरेको बयानका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत शुक्रबार आफ्नी आमासँग पृथ्वीनगरमा रहेको मामाघर हिँडेकी बालिकालाई मेरो घरमा जाँउ भन्दै सतारले भद्रपुरको सगरमाथा चोकमा बसबाट उतारेका थिए । बसबाट उत्रिने बित्तिकै सतारले बिर्तामोडतर्फ आउने अर्को बसमा चढाएर एउटा होटलमा लिएर गएको प्रहरीसमक्ष उनले बताइन् । सतारले रातभर होटलकै एउटा कोठामा राखेर बलात्कार गरेपछि शनिबार भद्रपुरस्थित आफ्नो घर लिएर गएको पीडितको बयानमा उल्लेख छ । भद्रपुरबाट मामाघर गएकी पीडितले बुधबारे ४ स्थित घरमा फर्केपछि आफ्नी भाउजुसमक्ष घटनाबारे बताएकी थिइन । पीडितको उजुरीका आधारमा प्रहरीले सतारलाई भद्रपुरबाट पक्राउ गरेको थियो । पीडक सतार नातामा बालिकाका भिनाजु हुन । उनकी दिदी एकबर्ष अघि बैदेशिक रोजगारमा गएकी छन् । पीडित बालिकाको स्वास्थ्य परिक्षण गरिएको प्रहरी चौकी शनिश्चरेका सई सार्कीधन राइले बताए । सतारले तिमीसँग बिवाह गर्छु भन्ने आश्वासन दिएर बलात्कार गरेको पीडितको बयानमा उल्लेख छ
-