समय र स्थान नै तोकेर शक्तिशाली भूकम्पको भविष्यवाणी ! (भिडियो सहित)

क्यालिफोर्निया । के क्यालिफोर्नियामा स्थानीय समयअनुसार ४ बजे ठूलो भूकम्प आउँला ? हामी यसै भन्न सक्दैनौ, किनकी भूकम्पबारे अहिलेसम्म कुनै भविष्यावाणी सत्य सावित भएका हामी पाउँदैनौ ।
यति भन्न सक्छौ कि भूकम्प पृथ्वीमा आउँछ तर यसको कुनै पूर्व निर्धारित मिति, समय र स्थान हुँदैन । हालै डच रिसर्चर फ्राङ्क होगेरबीट्सले भने मिति र समय नै तोकेर भूकम्पको भविष्यवाणी गरेका छन् ।
जसले अहिले संसारभरी हलचल मच्चाएको छ । उनले शुक्रबार पृथ्वी र चन्द्रमाको अवस्था बदलिने दावी गरेका छन् । उनले एक भिडियो नै जारी गरेका छन् । जसलाई अहिलेसम्म करोडौं मानिसहरुले हेरिसकेका छन् ।
अन्य विशेषज्ञहरुले भने फ्रैंकले भनेजस्तो पृथ्वी र चन्द्रमाको स्थिति बदलिन सम्भव नै नरहेको दावी गरेका छन् । फ्रैंकले आफ्नो युट्युब भिडियोमा क्यालिफोर्नियाको समुद्री भागमा सन् २०११ मा जापामा आएको भन्दा ठूलो भूकम्प आउने दावी गरेका छन् ।
हालै नेपालमा आएको ७.८ रेक्टरस्केलको भन्दा ठूलो भूकम्प आउने उनको दावी छ । उनले ९.८ सम्मको भूकम्प आउने दावी गरेका छन् ।
उनले आफ्नो दावीलाईं सही सावित गर्नका लागि सोलार सिस्टम स्कोप नामक एक कम्प्युटर प्रोग्रामको सहायता लिएका छन् ।
उनका अनुसार ग्रहको स्थितिमा ५ वटा परिवर्तन हुँदैछन् र यसको सबैभन्दा धेरै असर पृथ्वी र चन्द्रमामा पर्नेछ । चुम्बकीय बदलाबका कारण पृथ्वीमा भूकम्पजस्ता प्राकृतिक प्रकोप आउने सम्भावना छ ।
उनले ट्वित गर्दै २८ मे र यसको आसपासमा सतर्क भएर बस्न आग्रह गरेका छन् । यद्धपी धेरैजस्तो भूगोलविद्हरुले यसलाई गलत दावी गरेका छन् । उनीहरुले ग्रहको स्थिति बदलिदैमा भूकम्प जाने कुरा तर्कसंगत नभएको बताएका छन् ।
उनले जारी गरेको भिडियो हेर्नुहोस्