बाख्राले मान्छेजस्तै पाठा जन्माएपछि हेर्नेको घुइचो....!
बाख्राले मान्छेजस्तै पाठा जन्माएपछि हेर्नेको घुइचो....! जनकपुर, वैशाख ३० – बाख्राले मान्छे जस्तै देखिने अनौठो बच्चा जन्माएपछि हेर्ने र पुजा गर्ने मानिसको घुँइचो लागेको छ ।
धनुषा सपही ३ का मिसर सदाका बाख्राले बुधबार बिहान दुई अनौठा पाठा जन्माए पछि मानिसहरुको भिड बढेको हो । दुवै पाठा मान्छेकै
बच्चाको आकार र प्रकारका भएका तर हात खुट्टमा औला भने नभएका छन् । मासुको डल्लो जस्तो टाउको रहेका पाठाका मानिसको जस्तै आँखा, मुख कान छ ।
बाख्राले अनौठो पाठा जन्माएपछि बुधबार बिहानदेखि नै सदाको घरमा हेर्नेहरुको घुँइचो लागेको थियो । हेर्न आउने मानिसले भगवानको रुप भन्दै पूजा गर्ने तथा पैसासमेत चढाएका थि।
बाख्राले जन्माएको दुई वटै अनौठो पाठा तीन घण्टापछि मरेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक मनोहर झा बाहुनले जानकारी दिनुभयो ।