भूकम्पकाबेला ग्याँस सिलिण्डरदेखि गाग्रीसम्म चोरी

१४ जेठ, काठमाडौं । भूकम्पको विपत्तीको मौका छोपेर ग्याँस सिलिण्डरदेखि गाग्रीसम्म चोर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चोरीका सामान किन्नेहरुलाई पनि पक्रेको छ ।
Pakaru
काठमाडौंको शंखमुल क्षितिजमार्गस्थित रजनी थापाको कोठाबाट १५ लाख ४१ हजार रुपैयाँ बराबरका धनमाल चोरीमा संलग्न र चोरीका सामान किन्ने काममा संलग्नलाई ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चोरीका मुख्य अभियुक्तद्व उदयपुर कटारी नगरपालिका १० का ३३ वर्षीय राज भन्ने युवराज तामाङ र उदयपुर त्रिवेणी ३ का ३८ वर्षीय कानो साहिला भन्ने भिमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले चोरेको सुन खरिद गर्ने रौतहट पतौरा २ का ४० वर्षीय बिजुली बैठा, इलेक्ट्रोनिक सामान खरिद गर्ने काठमाडौं महानगरपालिका ८ देवपत्तनका २० वर्षीय सपन डंगोल र ग्यास सिलिण्डर तथा पानी तान्ने मेसिन खरिद गर्ने भारत कुल्वाचैनपुर विहारका २३ वर्षीय विनयकुमार जैसवाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।
युवराज र भिमबहादुरले नगद ७७ हजार रुपैयाँ, सुनको जस्तो देखिने गहना, ल्यापटप, क्यामरा, घडी, ग्याँस सिलिण्डरदेखि तामाका गाग्री समेत चोरेर बिक्री गरेका थिए ।
यसैगरी काठमाडौं महानगरपालिका १५ किमडोलस्थित लेडनला र रुईटको घरको दोस्रो तलाको कौशीको ढोका फोडेर भित्र प्रवेश गरी १ लाख ८ हजार ५०० रुपैयाँ बराबरको धनमाल चोर्ने फस्कु ६ दोलखाका ३३ वर्षीय सुमन थापालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै जोरपाटी, नयाँबस्ती, कपन, चावहिल लगायतका क्षेत्रमा चोरी गर्ने काममा संलग्न उदयपुर रिस्कु ४ का २९ वर्षीय खुडे भन्ने सन्तोष परियारलाई पनि विहीबार प्रहरीले पक्रेको छ ।
उनीहरुमाथि कानुनी कारवाही अघि बढाइएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।
भूकम्पको डरले गेट तथा मूलढोकामा समेत चुकुल नलगाइ मानिसहरु बाहिर सुत्ने, घर भित्रै सुतेकाहरु पनि ढोका खुल्लै गरी सुत्ने