मोटी बनाउन खोज्दा श्रीमतीको तौल ३०० किलो पुग्यो

एजेन्सी, अमेरिकाको टेक्सासमा बस्ने एक व्यक्तिले श्रीमतीले छोडने त्रासले मोटी बनाउन खोज्दा श्रीमतीको तौल ३०० किलो भन्दा बढी पुगेको छ । जोश नाम गरेका ती व्यक्तिले श्रीमती बेट्टोले छोडने डरले मोटो हुने खाद्यपदार्थ खुवाउँदा उनको तौल ३०० किलो पुगेको छ । तर उनका पति जोशलाई भने श्रीमती मोटो भएकोमा खुसी लागेको छ । किनभने अब उनी ढुक्क छन् उनकी श्रीमतीले छोडदैनन् भनेर । उनले श्रीमतीलाई सानो भन्दा सानो काममा पनि सघाउँछन् । उनकी श्रीमती अत्यधिक मोटी भएका कारण ट्वाइलेट जानेदेखि कपडा चेन्ज गर्नका लागि समेत उनले श्रीमतीलाई सघाउने गरेका छन् । उनी अहिले पनि श्रीमती दुब्ली भएमा आफ्नो सहयोग आवश्यक नपर्ने भएकाले छोडने चिन्ताले सताउँछ । त्यसैले अहिले पनि उनी श्रीमतीलाई अझ मोटी बनाउन चाहन्छन् । उनले श्रीमतीलाई पोसीलो खाद्य पदार्थ खुवाउँछन् । बढी मोटी भएपछि गत वर्ष बेट्टीको तौल सर्जरी गरेर केही कम गरिएको थियो । तर अहिले उनका श्रीमान उनलाई दुब्लो बनाउने कुनै पनि काम गर्न तयार हुँदैनन् ।