चलचित्र हेरेर फर्किदै गरेका दाजु बहिनी मन थाम्न नसके पछी यसरी बिच बाटोमै यौन क्रिडामा लिप्त



एजेन्सी - चलचित्र समाजको ऐना हो । चलचित्रमा देखाइएका कतिपय दृश्यहरुले वास्तविक जिवनमा पनि गहिरो असर पारेको हुन्छ । जस्को परिणाम कुनै बेला नकरात्मक पनि हुन सक्छ । यस्तै नकारात्मक घटना जर्जियाका एक परिवारमा घटेको छ । 

जर्जियामा एकै परिवारका दाजु बहिनीले हलिउड फिल्म ‘द नोटबुक’ हेरेपछि सहवास गरेका छन । चर्चित प्रेम कहानीमा आधारित फिल्म द नोटबुक हेरेपछि ती दाजु बहिनीले मन थाम्न सकेनन् र चर्चको बाहिर पट्टी यौन क्रिया गरेका थिए । फिल्म हेरेपछि टिमोथी र क्रिष्टोफर नामका यी दाजुबहिनीले चर्च बाहिर ३ पटक यौन सम्पर्क गरेको बताइएको छ । हाल उनीहरुलाई प्रहरीले फन्दामा परेका छन् । 

एकै परिवारका २५ वर्षका टिमोथी साभोइ र २० वर्षकी उनकी बहिनी क्रिष्टोफरले यौन सम्बन्ध राखेको फेला पारेपछि प्रहरीले पक्राउ गरेको बेलायती पत्रिका मेट्रोको अनलाइन संस्करणले जनाएको छ । राजमार्गमा हिँडीरहेको अवस्थामा पक्राउ गरिएका उनीहरुले नजिकैको चर्चबाहिर पट्टी यौन सम्बन्ध राखेको स्वीकार गरेका छन् । प्रहरीले उनीहरुमाथि मुद्धा चलाएर कारवाही थालेको छ । द नोटबुक सन् २००४ मा रिलिज भएको प्रेम कहानीमा आधारित हलिउडको चर्चित चलचित्र हो ।