एसएलसीमा अनुत्तीर्ण भएको भन्दै सीताले गरे आत्महत्या

नेपालगन्ज : एसएलसीमा अनुत्तीर्ण भएको भन्दै बाँकेमा एक छात्राले आत्महत्या गरेकी छन् । बाँकेको खजुरास्थित बागेश्वरी–५ मनकानापुरकी १७ वर्षीया सीता भण्डारीले आत्महत्या गरेकी हुन् ।नेरा मावि मनकामनापुरबाट एसएलसी दिएकी उनलाई विज्ञान बिषय लागेको थियो । विज्ञानमा ७ नम्बर कम आएपछि उनी फेल भएकी थिइन् । ५ ग्रेस मार्क दिँदा पनि उनलाई २ नम्बर पुगेको थिएन ।
घर कोही नभएको अवस्था माथिल्लो तलाको सिलिङमा झुण्डिएर भण्डारीले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिए ।
आमालगायत घरका अन्य सदस्य नभएको मौकामा उनले आत्महत्या गरेकी प्रहरीले जनाएको छ । मृतक भण्डारीका बाबु वैदेशिक रोजगारीमा छन् । source  annapurnapost.