अमेरिका विरुद्ध खतरनाक साइबर आक्रमण
अमेरिकामा ४० लाख सरकारी कर्मचारीमाथि ह्याकरहरुले साइबर आक्रमण गरेका छन् । अधिकारीहरुका अनुसार ह्याकरहरुले ४० लाख सरकारी कर्मचारीहरुसँग सम्बन्धित डाटा चोरेका छन् । अधिकारीहरुले यो हमला चिनिया ह्याकरहरुले गरेको शंका व्यक्त गरेका बीबीसीले जनाएको छ । अफिस अफ पर्सनल म्यानेज्मेन्टका अनुसार कार्यालयका कम्प्युटरहरुमा संदिग्ध गतिविधिहरुको बारेमा गएको अपि्रलमै जानकारी भएको हो । यो कार्यालयले हरेक वर्ष सरकारी जागिरका लागि आवेदन दिने उमेद्धारको पृष्ठभूमिको जाँच गर्दछ । यो साइबर हमलाका विषयमा वर्तमान तथा पूर्व कर्मचारीहरुलाई जानकारी गराइने कार्यालयले जनाएको छ । अमेरिकी गुप्तचर निकाय एफबीआइले यो घटनाको छानविन गरिरहेको बताइएको छ । पछिल्लो भयानक साइबर हमलापछि अमेरिकी सांसदहरुले कम्प्युटर नेटवर्ककेा सुरक्षामा अझै कडाइ गर्नर् माग गरेका छन् । -