अमेरिकी डलरको भाउ बढ्यो

९ माघ, काठमाडौं । शुक्रबार नेपाली बजारमा अमेरिकी डलरको भाउ बढेको छ । बिहीबारको तुलनामा शुक्रबार प्रतिडलर १० प्रसाले महंगिएको हो ।
शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर ९८ रुपैयाँ ४२ पैसमा किनेर ९९ रुपैयाँ २ पैसामा बिक्री गर्ने जनाएको छ । बिहीबार भने राष्ट्र बैंकले ९८ रुपैयाँ ३२ पैसमा किनेर ९८ रुपैयाँ ९२ पैसमा बिक्री गरेको थियो ।
पुस महिनाभर बढेको डलर माघ लागेपछि घटेको थियो । पुसमा एक अमेरिकी डलरको भाउ १ सय २ रुपैयाँ १७ पैसासम्म पुगेको थियो ।