दश वर्षपछि मह जोडी कोरियामा

korea-melaमीनप्रकाश उप्रेती
सउल  । प्रसिद्ध हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य दश वर्षपछि कोरिया आईपुगेका छन् । एनआरएन कोरियाद्वारा गर्न लागिएको महामेला साङ्गीतिक कार्यक्रममा भाग लिन मज जोडी मंगलबार कोरिया आई पुगेका हुन ।
यसैगरी सोही कार्यक्रमका लागि गायक प्रमोद खरेल, गायिका रेजिना रिमाल, नायिका छुल्ठिम गुरुङ, लोकगायिका देवी घर्तीमगर पनि कोरिया आएका छन् । कलाकार  हरिबंश आचार्यले  हामी संसारको जुनसुकै कुनामा भए पनि  हाम्रो नेपाल र  हामी नेपाली हाैं भन्ने भावना  सबैमा भएको बताए ।
अनलाईनखबरसँगको  संक्षिप्त कुराकानीमा आचार्यले कोरिया नेपालीहरूका लागि बिश्वविद्यालय हुन सक्ने बताए । कोरियामा नेपालीहरूले सिकेको सीपलाई नेपालमा सदुपयोग गर्न सकिने आचार्यको धारणा थियो । आचार्यले  दश वर्षअघि कोरियामा रहेका नेपालीहरूको अवस्था भन्दा अहिले  ब्यापारिक तथा श्रमिक  क्षेत्रमा धेरै फड्को मारिसकेको उल्लेख गरे ।
अर्का कलाकार मदनकृष्ण श्रेष्ठले नेतामा सत्बुद्धि पलाउन बाँकी नै भए पनि सर्वसाधारण भने सजग भईसकेको बताए । आफ्नै देशमा राजनैतिक स्थिरता भए विदेश धाईरहनु नपर्ने श्रेष्ठको  भनाई थियो ।
कार्यक्रमका लागि गायक प्रमोद खरेल, गायिका रेजिना रिमाल, नायिका छुल्ठिम गुरुङ र लोकगायिका देवी घर्तीमगर लगायत कोरिया अएका छन् ।
मंगलबार अपरान्ह कलाकारहरुलाई स्वगत गर्न  एनआरएन अध्यक्ष विनोद कुँवर,  उपनियोग प्रमुख राजाराम बर्तौला, एनआरएन एसिया प्यासिफिक संयोजक गङ्गा राज राई, श्रम सहचारी अनिल गुरुङ, नेपाली जनअधिकार मन्चका अध्यक्ष सागर न्यौपाने लगायतको टोली इन्छन विमानस्थल पुगेका थिए ।  महामेला सांगितिक कार्यक्रम बुधवार कोरियाको बुसान क्षेत्रमा तथा बिहीबार राजधानी सउलमा हुँदैछ ।