स्वास्थ्य राज्यमन्त्री नै स्वाइन फ्लु शिकार भएपछि..सक्की गो नि त ?

Swine Flew111
भारत । पछिल्लो समय महामारीका रुपमा देखिएको सरुवा रोग स्वाइन फ्लुले विश्वका विभिन्न मुलुकसँगै भारतमा पनि यसले आतंक नै मच्चाएको छ । सामान्य नागरिकमा देखिइरहेका बेला यो रोग भारत गुजरातका स्वास्थ्य राज्यमन्त्री शंकर चौधरीमा पनि देखिएपछि सामाजिक संजालमा यो खबरले सनसनी मच्चाएको छ । 
भारतीय सञ्चार माध्यमका अनुसार स्वास्थ्य परीक्षणपछि चौधरीलाई स्वाइन फ्लु भएको पुष्टि भए पछि गुजरातमा अहिले विशेष सर्तकता अपनाइएको छ । अहिलेसम्म गुजरातमा २ सय १९ जनाको स्वाइल फ्लुका कारण मृत्यु भइसकेको छ भने झण्डै ३ हजार ३ सय जनामा संक्रमण भएको पाईएको छ ।
भारतमा स्वाइन फ्लुका कारण ८ सय ३३ जनाको मृत्यु भइसकेको बताइएको छ । यसअघि भारत राजस्थानका पूर्व मुख्यमन्त्री अशोक गहलोतलाई पनि स्वाइन फ्लु भएको थियो । भारतमा देखिएको स्वाइन फ्लु प्रभावका कारण खुला सिमानाका कारण नेपालमा पनि सर्तकता अपनाउनु पर्ने देखिएको छ ।