बहिनी जिस्काउने युवकलाई गोली हानी मारेपछि

भारत । भारतको एक गाँउका युवाले आफ्नोे बहिनी जिस्काएको आरोपमा एक जनाको गोली हानी हत्या गरेका छन् । आफ्नै आँखा अगाडी बहिनीलाई जिस्काएको देखेपछि रिसको आवेगमा सो हत्या भएको थियो। उत्तरप्रदेशस्तिथ लखिमपुर खिरीका सलिम नाम गरेका युवाले सोहि गाँउका छोटे नाम गरेका युवाको हत्या गरेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् ।

बहिनी जिस्क्याउने सलिमलार्इ गोली हानेपछि पञ्चायतमा उपस्थित गाउँलेले छोटेलिमलार्इ पनि मरनासन्न हुने गरी कुटेका छन् । बहिनी जिस्क्याएको देखेपछि सलिमले छोटेलार्इ पक्रेका थिए । पक्रेपछि पनि छोटेले भाग्ने कोशिस गर्दा सो घटना भएको हो ।
छोटे भागेपछि पच्छ्याएका सलिमले तत्कालै पेस्तोल निकालेर छोटेमाथि प्रहार गरेका थिए । भाग्दै पञ्चायतको बैठकस्थल नजिकै पुगेका छोटेले सलिममाथि गोली हानेपछि उनको घटनास्थलमै ज्यान गएको हो ।
पुलिसले छोटेलार्इ हिरासतमा लिएको छ । सलिमको शव पोस्टमार्टमका लागि अस्पताल पठाएर पुलिसले मुद्दा दर्ता गरेको छ ।