काठमाडौँको कागेश्वरी ..कोठाभित्र तीन जनाको शब भेटियो

काठमाडौँ, फागुन ११- काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिका वडा नं १३ वीरेन्द्रचोकस्थित एक घरको कोठामा तीन जना मृत अवस्थामा फेला परेका छन् । शङ्कर खतिवडाको घरमा डेरा गरी बस्ने रामेछाप बम्पी गाविस–१ स्थायी घर भएका अन्दाजी २५ वर्षका राजन बस्नेत र निजकी श्रीमती अन्दाजी २३ वर्षकी पवित्रा बस्नेत र उनीहरुका सात महिनाकी छोरी पृजना मृत आइतबार अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कोठाभित्र फलामे तावामा आगो तापेको र तावाभरि कोइला भएको, झयाल÷ढोका दुवै बन्द अवस्थामा रहेकाले अक्सिजनको कमीका कारण मृत्यु भएको अनुमान गरिएको महानगरीय प्रहरी प्रभाव काँडाघारीका प्रहरी निरीक्षक दीपक ढुङ्गेलले जानकारी दिए । उनका अनुसार घटनाको थप विवरण आउन बाँकी रहेको र मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । मृतक राजन बस्नेत नेपाली सेनाको सिपाही पदमा चितवनमा कार्यरत रहेको र हाल तालिमका लागि हेडक्वाटर आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । स्थानीयवासी र आफन्तको रोहवरमा प्रहरीले मृतकको शव फेला पारेको थियो । ratopati