सावधान ! खतरनाक भाइरसको आक्रमणमा छ तपाईंको स्मार्टफोन

यदि तपाईं स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने यतिबेला तपाईंले अलि सावधानी अपनाउनुपर्ने हुन्छ किनभने Badaccents नामबाट आएको एक खतरनाक भाइरस कुनै पनि समयमा तपाईंको स्मार्टफोन प्रवेश गरेर त्यसलाई नोक्सानी पुर्याउन सक्छ । यो भाइरसको बारेमा सिक्योरिटी एजेन्सीहरुले पनि अलर्ट जारी गरेको छ ।   यो ब्याडएसेन्ट्स नामको भाइरसको पहिचान गर्ने साइबर सिक्योरिटी एजेन्सी स्ल्युथसका अनुसरा यो भाइरस ‘ट्रोजन’ श्रेणीको हो जसले प्रयोगकर्ताहरुको स्मार्टफोनमा कुनै पनि एप्लिकेसन डाउनलोड गर्ने समयमा स्मार्ट तरिकाले प्रवेश हुन सफल हुने गर्दछ ।   खबरका अनुसार यो भाइरस उत्तर कोरियाली नेता किम जोंग उन माथि बनेको फिल्म ‘द इन्टरभ्यु’ को तस्बिरको एक पपअपको रुपमा आउने गर्दछ र यो फिल्म फ्रि मा डाउनलोड गर्ने जानकारी दिन्छ । कुनै पनि प्रयोगकर्ताहरुले निर्देशानुसार एप इन्स्टल वा अपडेट

गर्नेबित्तिकै यो भाइरस स्मार्टफोनमा प्रविष्ट हुने गर्दछ । त्यसपछि यो स्मार्टफोन एन्ड्रोइड ओएस ग्याजेटमाथि अट्याक गर्नेछ र फोनमा रहेको डाटा चोरी हुनुका साथै त्यसलाई सधैँको लागि नष्ट पनि गरिदिनेछ ।   ब्याडएसेन्ट्स भाइरसबाट बचाउनका लागि साइबर सिक्योरिटी एजेन्सीहरुले थुप्रै सुझावहरु जारी गरेका छन् जुन यसप्रकारका छन्ः –


कुनै पनि अविश्वसनीय मार्केट प्लेसबाट
 कुनै पनि एप्लिकेसन डाउनलोड नगर्नुहोस् । – आफ्नो स्मार्टफानेलाई एन्टीभाइरस सोलुसनबाट स्क्यान गर्नुहोस् । – 
कुनै पनि वेभसाइटका अविश्वसनीय लिंकमाथि क्लिक नगर्नुहोस् । – अनसिक्योर्ड अथवा अन्जान वाईफाई नेटवर्कको अपयोग नगर्नुहोस् । – आफ्नो स्मार्टफोनमा भएको डाटालाई नियमित ब्याकअप गरिरहनुहोस् ।