रामेछापमा भएका छुट्टछुट्टै घटनामा दुईको मृत्यु

मन्थली, फाल्गुन ७ - रामेछापमा भएका दुई बेग्लोबेग्लै घटनामा दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार भुजी गाविस ७ का ४५ बर्षीय डम्बरबहादुर नेपालीको बुधबार साँझ विष सेवन गरी ज्यान गएको छ । घरमा रहेको नोभान विषाधी सेवन गरेका नेपालीको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाईएको छ । यसैगरी पश्चिमी रामेछापको टोकरपुरबाट ५ दिन अघि देखी हराईरहेका ओमवहादुर थापामगरको शव बुधबार फेला परेको छ । टोकरपुर ७ निङ्गुरेबाट हराएका थापामगरको शव वुधबार सांझ स्थानीय खोर्देखोलामा भेटिएको प्रहरीले जनाएको छ ।