पोखरामा दुई जनामा स्वाइनफ्लु

swine flue
कास्की–, फाल्गुन ११ - पर्यटकीय पोखरामा परीक्षणका क्रममा दुई जनामा स्वाइफ्लु भेटिएको छ ।क्षेत्रीय प्रयोगशालामा रक्त परीक्षणका क्रममा  एक  २१ वर्षका युवा र ११ वर्षका बालकमा स्वाइफ्लु भेटिएको हो ।  
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा बिरामी भइ भर्ना भएका दुवैको रगत परीक्षण गर्दा शकास्पद रुपमा स्वाइनफ्लु  भेटिएको जिल्ला जनस्वास्थय कार्यालय पोखराका प्रमुख बालकृष्ण भुषालले जानकारी दिए ।  

उनका अनुसार थप पृष्टिका लागि  राष्ट्रिय प्रयोगशाला काठमाडौंमा पठाइएको छ ।स्वाइनफलु भेटिएका दुवै जना पोखराकै बासिन्दा हुन् । भारतसँगको खुला सिमानाले स्वाइफ्लुका त्रास बढने भनिए पनि स्थानीयमै शंकास्पद रुपमा देखिएपछि सर्वसाधारणमा त्रास फैलिएको छ । कास्की जिल्ला भारतसग सिमाना नजोडिएकोले जोखिम नरहेर पनि स्वाइफ्लु भेटिएपछि जनचेतनाका कार्यक्रम बढाउनु पर्ने भुषालले बताए ।