श्रीमान मलेसिया भएको बेलामा अवैध बच्चाको जन्म

रोल्पा, फागुन ११–रोल्पामा एक महिलाले अबैध गर्भभारण गरी बच्चाको जन्मदिई खाल्डोमा पुरेको अवस्थामा सोमबार प्रहरीले फेला पारेको छ । अबैध गर्भधारणबाट जन्मिएको बच्चालाई मारेर फालेको आरोपमा प्रहरीले ती महिलालाई पक्राउ गरेपछि घटनाको खुलासा भएको हो । पश्चिम रोल्पाको तालाबाङ गाविस वडा नं. ५ कि उनले बच्चालाई जन्म दिई ११ दिनअघि खाल्डोमा गाढेकी थिइन् । श्रीमान बैदेशिक रोजगारको शिलशिलामा मलेसियामा रहेका बेला उनले कसको अबैध गर्भ बोकेको भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । ती महिला गर्भवती भएको थाहा पाएका गाउँलेले केहि दिनदेखि पेट सानो देखेपछि शंका गरि नजिकैको प्रहरीमा खबर गरेका थिए । प्रहरी घटनास्थल पुगि अनुसन्धान गर्ने क्रममा घर नजिकै खाल्डो खनेर पुरेको अवस्थामा बच्चा फेला परेको हो । फागुन १ गतेका दिन शिशुलाई जन्म दिई जमिनमूनि गाडेको १० दिनपछि थाहा पाई प्रहरीले आज सोमबार जिल्ला अस्पताल रेउघामा पोष्टमार्टम गरेको प्रहरी नायव उपरिक्षक नविनराज राईले जानकारी दिए । प्रहरीले ती महिलालाई पक्राउ गरि मुद्धा चलाएको छ । अदालतबाट १५ दिनको म्याद थप गरि इलाका प्रहरी कार्यालय घर्तीगाउँले थप अनुसन्धान अगाडि बढाउने बताएको छ ।