बबरमहलमा भएको दुर्घटनामा एक युवकको मृत्यु



काठमाडौ, फाल्गुन ६ - काठमाडौँ बबरमहलमा बुधबार मध्याह्न मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्युभएको छ । मृत्यु हुनेमा सुनसरी जिल्ला, धरान नगरपालिकाका करिब २८ वर्षीय प्रवीण प्रधान रहेको प्रहरीले जनाएको छ । 
माइतीघरबाट नयाँबानेश्वरतर्फ गइरहेको बा २८ प २९४८ नं. पहेलो रङको टिभिएस् कम्पनीको मोटरसाइकल पछाडि बसी सवार भएका प्रधानको उपचारका लागि न्युरो अस्पताल अनामनगरमा पुर्याउने क्रममा अस्पताल पुग्नासाथ मृत्युभएको हो । 

नयाँबानेश्वरबाट माइतीघरतर्फ आउँदै गरेको बा १ प ११६६ नं को पर्यटक बस र उक्त मोटरसाइकल एक आपसमा दुर्घटना हुँदा निजको मृत्युभएको हो । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक धादिङ नौबिसे गाविस–३ का चालक राजीव अधिकारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।