खुशी को खबर ..!! 'गुगलले विकासोन्मुख देश नेपाल, इन्डोनेसिया, भारत, पाकिस्तान, फिलिपिन्स लगायतका देशहरुमा सित्तैमा इन्टरनेट सेवा दिने

कठमाडौं, ६ फागुन । इन्टर सेवा कम्पनी गुगलले अब सित्तैमा इन्टरनेट सेवा दिने योजना अघि सारेको छ । विशेषगरी विकासोन्मुख देशहरुमा गुगलले सित्तैमा इन्टरनेट सेवा दिने जनाएको हो ।
गुगलले विकासोन्मुख देश नेपाल, इन्डोनेसिया, भारत, पाकिस्तान, फिलिपिन्स लगायतका देशहरुमा सित्तैमा इन्टरनेट सेवा दिने तयारी गरेको छ । यी विकासोन्मुख देशहरुमा चर्को शुल्कले इन्टरनेटको पहुँच धेरै सर्वसाधारण पुग्न नसकेको ठहर गर्दै गुगलले निःशुल्क इन्टरनेट दिने अभियान सुरु गर्न लागेको छ ।
स्मार्टफोन ‘एन्ड्रोइड वान’ सार्वजनिक भएका देशमा यो फोन प्रयोगकर्तालाई लक्षित गर्दै निःशुल्क इन्टरनेट दिने अभियान चलाउन लागेको हो । यसका लागि गुगलले भारतका बिभिन्न मोबाइल सेवा प्रदायक र एप्स निर्माताहरुसँग छलफल गरेर योजना कार्यान्वयन गर्ने बुझिएको छ ।
योजना कार्यान्वयन भएमा गुगलको अगुवाईमा मोबाइल सेवा प्रदायकहरुले ग्राहकलाई निश्चित एप्स चलाउँदा पैसा नलाग्ने बनाउने छ । एप डाउनलोड गर्दा र प्रयोग गर्दा लाग्ने खर्च गुगलले टेलिफोन सेवा प्रदायक कम्पनीलाई तिर्नेछ ।
यसरी विकासोन्मुख देशका नागरिकले सित्तैमा यो सेवा पाउन लागेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
एजेन्सीको सहयोगमा