इजिप्टमा ब्लगरलाई पाँच वर्षको जेल सजाय

alaa abdel fattah
११ फागुन, काठमाडौं । इजिप्टको एक अदालत ब्लगर अला अब्देल फतहलाई पाँच वर्षको जेल सजाय सुनाएको छ । उनीमाथि २०११ क्ो विद्रोहका क्रममा कानून तोडेको आरोप छ ।
सुरुमा उनलाई १५ वर्षको सजाय सुनाईको थियो । तर, गत वर्ष जमानतमा रिहा भए । अला अब्देल फतह, पूर्व राष्ट्रपति होस्नी मुबारकविरुद्ध लोकतन्त्रको समर्थनलाई समर्थन गरेका कारण चर्चामा आएका थिए ।
अर्को मुद्धामा अल जजिराका पत्रकार मोहम्मद फहमी र बाहेर मोहम्मदलाई पनि सुनुवाइका लागि अदालत पेश गरिएको थियो ।
यसै महिनाको सुरुवातमा उनलाई जमानतमा रिहा गरिएको थियो र सोमबार सुनुवाई थियो । सुनुवाई ८ मार्चसम्मका लागि सरेको छ ।