एक अर्ब बढिले हेरे...समलिंगी भिडियो

चीनमा एक भिडियो भाइरल भएको छ, जसमा एक युवकले नव वर्षको अबसरमा आफ्नो बाबुआमालाई आफू समलिंगी भएको जानकारी दिएका छन् । चीनमा नव वर्षको अबसरमा मानिसहरु आफ्नो परिवारका सदस्यहरुसँग भेटघाट गर्ने र खानपिनका साथ रमाइलो गर्ने गर्छन् । चिनियाँ आमाबाबु आफ्ना छोराछोरीको योजना पनि बनाउँछन् । यो पटक केहि परिर्वतन देखियो । केही युवा युवतीले आफ्नो बाबुआमालाई आफू संमलिङ्गी भएको र विवाहबारे नसोच्न आग्रह गरे । यसको श्रेय चीनको उक्त भिडियोलाई जान्छ, जसमा फंग आचोले आफ्नो बाबाआमालाई आफू समलिंगी भएको र कुनै युवतीसँग नभई पुरुषसँग विवाह गर्न चाहेको बताएका छन् । कमिङ होम नामको यो भिडियोमा देखाइए अनुसार स्कुल र कजेलको पढाईमा चाओ निकै सफल रहे । तर, उनले आफू समलिंगी भएको बताएपछि उनका बाबुआमा निकै चिन्तित भए र उनलाई घरबाट निकाले ।

उनीहरुले दुई वर्षसम्म छोराको कुरा सुनेनन् । तर, पछि बाबु आमालाई लाग्यो कि चाओ अझै बच्चा नै छन्, उनलाई मायाले हिर्काएको थियो । चाओको खुसीका लागि उनलाई घर बोलाउँछन् । भिडियोको अन्त्यमा एक महिला आउँछिन्, जो असल जिन्दगीमा पनि आमा हुन् । उनले समलिंगी युवाहरुलाई आफ्नो मनको कुरा भन्न आग्रह गर्छिन् । उनको दाबी छ कि आमाबाबुले उनीहरुको कुरा सुन्नेछन् र विवाहबारे चल्दै आएको परम्परा तोड्न अनुमति दिनेछन् । चीनको सामाजिक सञ्जाल क्यूक्यूमा यो भिडियो अहिलेसम्म १ अर्बभन्दा बढीले हेरेका छन् ।