हिमानीले आज थाइल्यान्ड जेलमा पारसलाई भेट्ने

काठमाडौं,फागुन ५ – पूर्वयुवराज्ञी हिमानीले आज थाइल्यान्डमा आफ्ना पति पूर्वयुवराज पारसलाई स्थानीय उदुङखानी जेलमा गएर भेट्ने भएकी छन् ।बिहीबार स्वकीय सचिव स्मिता सिंहका साथ थाइल्यान्ड पुगेकी
हिमानी पतिसँग भेटलगत्तै नेपाल फर्कने कार्यक्रम रहेको छ ।
उनका साथमा निजी सचिव सिंह, धीरेन्द्रपुत्री सिताष्मा, वकिल साक्छाई र केही नेपालीलेसमते सँगै भेट गर्ने बताइएको छ । पूर्वरानी कोमलको पर्सि फागुन ७ गतेको जन्मदिन मनाउन उनी नेपाल आइपुग्नेछिन् । स्रोतका अनुसार जमानत फिर्ता लिएर निजी वकिल साक्छाईलाई परिवारले मिलाएपछि उनी समेत पारसलाई भेट्न गएकी हुन् ।
थाइल्यान्डस्थित नेपाली दुतावासको पत्रसहित नेपाली टोली उदुङखानी कारागार जान लागेको हो । दूतावासको आधिकारिक पत्र भएमा लामो समयसम्म भेट गर्न दिने व्यवस्था भएपछि थाइल्यान्ड पुगेको टोलीले दूतावासको पत्रसहित पारसलाई भेट्न लागेको हो । परिवारले आफूलाई अन्याय गरेको भन्दै पारसले गुनासो गरेपछि हिमानी उनलाई भेट्न थाइल्यान्ड पुगेकी हुन् ।आजको समाचारपत्र दैनिकमा खबर छ ।