किन गएनन् प्रचण्ड सेना दिवस समारोहमा ?

काठमाण्डु, ५ फागुन– सरकारी तहबाट हुने सबै राष्ट्रिय समारोहमा प्रमुख प्रतिपक्षी दलको नेता सहभागी हुने परम्परा हुन्छ । तर, मंगलबार राजधानीमा भएको सेना दिवस समारोहमा प्रमुख प्रतिपक्षी दलका नेता

पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित भएका छन् । मंगलबार नै प्रचण्ड कास्की पुगेका छन् । उनलाई सरकार वा सेनाले औपचारिक निम्ता दिए/नदिएको चाहिँ सार्वजनिक भएको छैन । प्रचण्ड कास्की पुगेर कांग्रेस एमालेले सत्तामा टिकिरहनका लागि बहुमतको दम्भ देखाएको बताएका छन् । उनले सत्तापक्षले अहिले पनि वार्ता र सहमतिको पक्षमा नआउने हो भने विपक्षी मोर्चाको आन्दोलन अघि बढ्ने चेतावनी समेत दिए । सेना दिवसको कार्यक्रममा चाहिँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख सहभागी भएर सेनाको ‘शक्ति’ प्रदर्शन र मनोरञ्जनात्मक कार्यक्रमहरु अवलोकन गरेका थिए । नेपाली सेनामा दुई वर्षअघि माओवादीसम्बद्ध ‘जनमुक्ति सेना’ समेत समायोजन गरिएको थियो । सेना समायोजन हुनुअघि माओवादी सेनाले फागुन १ गते जनयुद्ध दिवसको कार्यक्रम मनाउने गथ्र्यो भने सरकारी सेनाले शिवरात्रीका दिन सेना दिवस मनाउने गथ्र्यो । -