तेजाव आक्रमणमा घाइते किशोरीलाई अनेरास्ववियुको सहयोग

काठमाडौं : तेजाव आक्रमणबाट घाइते भएका दुई किशोरीलाई अनेरास्ववियुले आर्थिक सहयोग गरेको छ ।  आइतबार बिहान बसन्तपुरस्थित ए प्लस ट्यूसन सेन्टरमा बसिरहेका बेला मास्क लगाएका युवाले तेजाव हानेर घाइते पारिएका संगीता मगर र सीमा बस्नेतलाई अनेरास्ववियुले १० हजार रुपैयाँ सहयोग गरेको हो ।  बीर अस्पतालमा उपचाररत संगीता र काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचाररत सीमालाई अनेरास्ववियूको तर्फबाट जनही ५÷५ हजार रुपैयाँ सहयोग गरिएको प्रवक्ता आरसी लामिछानेले जानकारी दिए
।  अनेरास्ववियुले तेजाव आक्रमणको विरोधमा सोमबार साँझ ५ बजेपछि काठमाडौंको भृकुटीमण्डपस्थित आरआर क्याम्पस अगाडिबाट जुलुस निकाल्ने भएको छ । अनेरास्ववियुले किशोरीलाई तेजाव हान्नेलाई तत्काल पक्रन पनि प्रहरीसँग माग गरेको छ ।