सिंगापुर पठाउने भन्दै महिलालार्इ ठग्ने पक्राउ

फोटो :ठगी आरोपमा पक्राउ धादिङकी कोपिला कुवँर । फोटो : नेपाल प्रहरी
काठमाडौं : सिंगापुरमा लाख रुपैयाँ कमार्इ हुने काम मिलाइदिने भन्दै ठगी गर्ने एक महिलालार्इ प्रहरीले पक्राउ गरेको छ ।

सिंगापुर पठाईदिने बहानामा महिलालार्इ नै ठग्ने धादिङ्गको नौबिसे–६ घर भई हाल काठमाडौ महानगरपालिका–१४ कलंकी बस्ने ४६ वर्षीया कोपिला कुवँरलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोमबार कलंकीबाट पक्राउ गरेको छ ।

कुवँरले ०६७ सालमा संखुवासभाको खाँदबारी–१२ बस्ने पायल खत्रीलाई १ लाख रुपैयाँ मासिक पारिश्रमिक पाइ लोभ देखार्इ ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।

खत्रीबाट एक लाख ९१ हजार दुर्इ सय ५० रुपैयाँ र उनका राहदानी लगायतका कागजातहरु लिई कुवँर फरार भएकी थिइन् । प्रहरीले कोपिलालार्इ हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।