थाइल्याण्डमा दुई जना विद्यार्थीलाई लाई जेल सजाय

बैंकक, फागुन ११– थाइल्याण्डमा त्यहाँको राजसंस्थाको अपमान गरेको आरोपमा दुई जना विद्यार्थीलाई जेल सजाय दिइएको छ । उनीहरुलाई दुई वर्ष छ महिनाको जेल सजाय तोकिएको छ । विश्वविद्यालयमा देखाइएको एक व्यङ्ग्यात्मक प्रस्तुतीमा राजसंस्थाको अपमान भएको भनी गएको अगष्ट महिनामा उनीहरुलाई पक्राउ गरिएको थियो ।

करिब वर्षदिनदेखि प्रहरी हिरासदमा रहेका ती युवामा २३ वर्षीय पतिवात सारियाम र २६ वर्षीय प्रोन्तिप माङ्कोङलाई सो सजाय सुनाइएको हो । उनीहरुको मुद्धामाथिको सुनुवाईका क्रममा सोमबार त्यहाँको अदालतले ती दुवैजना विद्यार्थीलाई दुई वर्ष छ महिनाको जेल सजाय सुनाएको हो । उनीहरुलाई सुरुमा पाँच वर्षको जेल सजाय सुनाउने तयारी भएकोमा उनीहरुले माफी मागेकोले आधा सजाय घटाइएको अदालतले जनाएको छ ।