बालिकालाई बलात्कार गर्ने युवक पक्राउ

वीरगन्ज : बाराको कलैयामा गत शनिबार बलात्कृत अवस्थामा भेटिएकी बालिकाको बलात्कारको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना युवकलाइ पक्राउ गरेको हो ।
 
 प्रहरीले कलैया ५ का २८ वर्षिय कन्हाई गुप्तालाइ पक्रेको हो । पक्राउ परेका गुप्तालाई सोमबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराइ अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक जना  प्रहरी अधिकृतले जानकारी दिएका छन् । प्रहरी श्रोतका अनुसार गुप्ता गाजाको लतमा फसेका व्याक्ति हुन् । बाराका प्रहरी उपरिक्षक लोकेन्द्र बहादुर मल्लले भने बलात्कारमा संलग्न रहेको आशंकमा एक युवकलाइ हिरासतमा लिइएको भएपनि पक्राउ परेका व्याक्तिको नाम खुलाएनन् । अनुसन्धानमा बाधा पर्ने भएको भन्दै उनले नाम नखुलाएको बताए ।

शुक्रबार साँझदेखी हराएकी ६ वर्षिया बालिका शनिबार बिहान कलैया ८ मदर्शा टोलमा बलात्कार पछि अचेत अवस्थामा भेटिएकी थिइन् । उनको काठमाण्डौको अस्पतालमा उपचार भइरहेको छ ।