आजको राशिफल 2015-01-15 तारिख,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : 
शरीरमा अचानक चोट पटकको योग रहेको छ । बोलीमा कन्ट्रोल नगरे विवाद सृजना हुने खतरा रहने छ । आरोह प्रत्यारोहकाबीच तपाईले गरेको निर्णयले सार्थकता पाउने छ । सामाजिक कार्यमा लाग्न प्रेरणा पाइने छ । ढिलै भए पनि सोचेको पुरा होला ।*********************************************************************************************************************************************
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :
बैदेसिक कार्य सफल हुनेछ । प्रदेशको वास सम्भव हुने देखिएको छ । मित्रहरु टाढिने छन् । बेकारको काममा श्रम ब्यर्थ जाने भय रहेको छ । रमाइलोमा खर्च होला । गुप्त सत्रु बढ्ने छन् । सोचेको कुरा पुरा नहुँदा मानसिक तनाव समेत झेलिने छ ।
***************************************************************************************************************************************
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :
पारिवारिक सम्बन्ध उत्तम हुनेछ । सोचेका अधिकतर कुराहरु पुरा हुनेछन् । न्यायिक कार्यमा अघि बढे फैसला आफ्नो पक्षमा हुने छ । रोक्किएका काम बन्ने छन् । अरुलाई दोष दिनु पूर्व आफ्ना कमजोरी मूल्याङ्कन गरी बोलेको बेस हुनेछ ।
***********************************************************************************************************************************
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :
सामाजिक कार्यमा लाग्ने बेला आएको छ । थोरै मेहनतको पर्याप्त फल पाइने छ । रोजगारीका अवसर प्राप्त हुनेछन् । अरुलाई गरेको सेवाबाट खुसी मिल्ने छ । ख्याल ख्यालमै गरेको काम पुरा हुने देखिएको छ । मित्रहरु बढ्ने छन् ।
***************************************************************************************************************************************
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :
विवादित मुद्दा किनारा लाग्ने छन् । ब्यापार, बिजिनेश मुनाफा प्रदान गर्ने वाला रहेको छ । आत्म-शक्ति प्रवल हुनेछ । गुमेको धन हातलागि हुनेछ । पढाइ लेखाइमा गरेको लगानीले सार्थकता पाउने छ । गलत कुराले मानसिक चिन्ता भने प्रदान गर्नेछ ।
***********************************************************************************************************************************
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :
मानमर्दन हुने समय योग रहेको छ । मानसिक चिन्ता बढ्ने छ । केही कमजोर व्यक्तिको सहयोगले सोचे जस्तो परिणाम आउने छैन । परीक्षा आदिमा असफलताको योग रहेको छ । नसोचेको काममा खर्च हुनेछ । रमाइलोमा ब्यर्थ समय जानेछ ।
***************************************************************************************************************************************
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :
सकारात्मक कामको थालनी हुनेछ । विवादित कामहरु सदाको लागि अन्त्य हुनेछन् । कला कौशलताका कारण तपार्इको प्रतिष्ठा उच्चा रहने छ । मेडिकल क्षेत्रमा लागे सफलता हात पर्नेछ । आर्थिक सम्वृद्धिको लक्ष्य पुरा हुने देखिएको छ ।
***************************************************************************************************************************************
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :
मनमा लागेका अनावश्यक शंका गलत ठहरिने छन् । अरुको कुभलो चिताए ठुलो मूल्य चुकाउनु पर्नेछ । जग्गा जमिनको कारोवार असफल होला । गाडी वाहनको प्रयोगमा सावधानी अपनाउनु पर्ने समय योग रहेको छ । कलाकारितामा घाटा होला ।
***************************************************************************************************************************************
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :
मानसिक चिन्ता दुर हुनेछ । तपार्इंलाई लागेका आरोपहरु ब्यर्थ पुष्टि हुनेछन् । साहित्यिक कार्यमा लागे सफल भइने छ । अरुको भलाइमा लागे मानसिक शान्ति हुनेछ । भनाइ र गराइमा एकरुपता आउने बेला छ । शुभ समाचार सुनिनेछ ।
***************************************************************************************************************************************
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :
घरमा नयाँ बस्तुको प्राप्ति योग रहेको छ । सौखिन बस्तुको ब्यापार लाभ दिनेवाला छ । जन्मभूमिप्रति केही गर्ने लगाव हुनेछ । मित्रको हौसल्लाले सकारात्मक कार्य गर्ने शक्ति प्राप्त हुनेछ । बिगतका राम्रा पक्षलाई ग्रहण गरे अगाडिको काम सहज हुनेछ ।
***************************************************************************************************************************************
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :
तपार्इंको मिलनसार स्वभावले सबैलार्इ आकर्षण गर्नेछ । विवादकोबीच गरेको निर्णयले सार्थक परिणाम पाइने छ । तपार्इंको इमान्दारिताको कदर हुनेछ । थोरै लगानीबाट ठुलो प्रतिफल पाइने मौका छ । समयलाई सदुपयोग गरी प्रतिफल लिने बेला छ ।
***************************************************************************************************************************************
मीन (दि, दु, थ, झ, ञ,  दे, दो, च, चि) :

अचानक स्वास्थ्यमा प्रतिकुलता आउने देखिएको छ, खानपानमा ध्यान दिनु जरुरी रहेको छ । आपसी कारोवारमा विवाद देखिने छ । सानो गल्तिको परिणाम भयङ्कर हुने खतरा छ । अरुलाई गरेको गुनबाट अपजस मात्र हात पर्नेछ ।