विश्वका सबैभन्दा पूराना १० सहरहरु (फोटो कथा)
हजारौँ वर्षको इतिहास भएका सहरहरुले केवल अद्वितिय कलात्मकता तथा सुन्दर वास्तुकलामात्र प्रस्तुत गर्दैनन् । प्राचिन सहरहरु प्राचीन युग तथा सभ्यताका प्रतिक पनि हुन् । जसले मानवमात्रको विकाशको सकारात्मक र नकारात्मक दुवै पक्ष प्रदर्शन गर्दछन् । यी सहरहरु आश्चर्यजनक कथा तथा विभुतिहरुले भरिपूर्ण हुन्छन् भने खोज अनुसन्धानकर्ताका लागि आकर्षणको केन्द्र । विश्वका सबैभन्दा पूराना १० सहरको नालीबेली यस्तो छ-
१. दमास्कस- सिरियाको राजधानी दमास्कस विश्वको सबैभन्दा पूरानो सहर हो । देशको सबैभन्दा ठूलो सहरको रुपमा समेत रहेको यो सहर इशापूर्व १० हजार वर्ष पहिले स्थापना भएको विश्वास गरिन्छ । अ का र एसियाको बीचमा रहेको दमास्कस सदियौँदेखि सांस्कृतिक, व्यापारिक तथा प्रशासनिक केन्द्रको रुपमा रह्यो । यो सहरमा हेलिनिस्टिक, रोमन, बिजान्टाइन तथा इस्लामिक सभ्यता समेत सिर्जना भयो । दमास्कसको हालको जनसंख्या ४५ लाख छ ।
३. बेबलस- लेवनानको बेबलस सहर प्राचीन सभ्यताको भूमिको रुपमा लिइन्छ । यो सहरमा ५ हजार वर्षदेखि मानव बसोबास रहेको बताइन्छ । यहीँ सहरको नामबाट इसाइ धर्मको ग्रन्थ बाइबलको नामाकरण भएको हो । भुमध्यासागरको नजिक रहेको यो सहर हाल पर्यटकको आकर्षणको केन्द्रको रुपमा रहेको छ र अत्याधुनिक भौतिक संरचना निर्माणका बाबजुत ऐतिहासिक धरोहर समेत देख्न पाइन्छ ।
४. जेरुसेलम- इजरायलको राजधानी जेरुसेलम विश्वको पूरानो तथा धार्मिक सहरमध्ये एक हो । यो सहर यहुदी, मुस्लिम तथा इसाइहरुको पवित्र भूमिको रुपमा मानिन्छ । बाइबलका अनुसार इजरायल संयुक्त अधिराज्यको राजधानीको रुपमा डेभिडले जेरुसेलमको स्थापना गरेका हुन् । जेरुसेलम सहरको स्थापना ४ हजार वर्ष पहिले भएको हो, जुन अहिले क्रिस्चियन भाग, मुस्लिम भाग, अमेरिकी भाग तथा यहुदी भाग गरि ४ भागमा विभाजित छ । हाल ८ लाख जनसंख्या रहेको जेरुसेलममा ८० प्रतिशत यहुदी छन् । सन् १९८१ मा जेरुसेलम विश्व सम्पदा सूचिमा सुचिकृत भएको हो ।
५. वाराणसी- गंगा नदीको किनारमा रहेको भारतीय सहर बनारस अर्थात् वाराणसी पनि विश्वका पूराना सहरमध्येको एक हो । यसलाई हिन्दु धर्म र आध्यात्मको केन्द्रको रुपमा समेत लिइन्छ । हिन्दु धर्मशास्त्रका अनुसार भगवान शिवले इशापूर्व १२ औँ सताब्दीमा यो सहरको स्थापना गरेका हुन् । मार्क त्वाइनले कुनै समय भनेका थिए, ‘बनारस इतिहास भन्दा पूरानो छ, परम्परा भन्दा पूरानो छ तथा किम्बदन्तीहरु भन्दा पनि पूरानो छ । यी सबै कुरालाई एकैठाउँ मिलाउँदा पनि बनारस दोब्बर पूरानो छ ।’
७. जेरिचो- पुरातात्विक उत्खननबाट प्यालेस्टाइनको जेरिचो सहरमा ११ हजार वर्ष पहिले नै मानव बसोबास रहेको तथा विभिन्न २० प्रकारका मानव सभ्यता अस्तित्वमा आएको पत्ता लागेको छ । बाइबलमा ताडका रुखको सहरका नामले परिचित यो सहरमा अहिले भने जम्मा २० हजार मानिसको बसोबास छ । यो सहरमा विभिन्न खाले ऐतिहासिक संरचनाहरु रहेका छन् ।
८. अलेप्पो- सिरियाको अलेप्पो सहरमा हाल २० लाख मानिस बसोबास गर्छन् । ऐतिहासिक रेशम मार्गको मध्यभागमा पर्ने यो सहरमा ८ हजार वर्ष पहिले नै मानव बसोबास थियो । तर कतिपय अन्वेषणले उक्त सहरमा १३ हजार वर्ष पहिले नै मानव बसोबास रहेको दाबी गरेका छन् । यो सहरको इतिहासमा रोमन, बिजान्टाइन्स, अटोम्यान लगायतका सभ्यताको नियन्त्रण कायम रहेकाले यहाँका वास्तुकलामा विविधता पाइन्छ । सहरमा १३ तथा १४ औँ सताब्दीका पूरातात्विक भवनहरु यत्रतत्र छन् । यो सहरलाई सिरियाको आत्मा पनि भनिन्छ ।
९.प्लोभ्दिभ- बुल्गेरियाको प्लोभ्दिभ सहरको इतिहास इशापूर्व ४ हजार वर्ष पूरानो छ । यो सहरमा पनि विभिन्न मानव सभ्यताका शासकहरुको शासन कायम भयो । सन् १८८५ मा मात्र यो सहर बुल्गेरियाको नियनत्रणमा आएको हो ।
