सहमति नभएसम्म भिडन्त जारी : प्रचण्ड
नेपाल सन्देश डेस्क, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभामा पनि बहुमतिय खेल खेल्न खोजिएकाले दोहोरो भिडन्त भएको बताएका छन् ।
आज राजधानीको अल्फा विटा कम्प्लेक्समा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संसदवादी लदहरुको गैह जिम्मेवारीका कारण भिडन्त भएको बताएका हुन् ।
आज राजधानीको अल्फा विटा कम्प्लेक्समा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संसदवादी लदहरुको गैह जिम्मेवारीका कारण भिडन्त भएको बताएका हुन् ।
उनले संसदमा सरकार बनाउन र फाल्नकालागि बहुमत र अल्पमतको खेल हुने भए पनि संविधानसभामा सहमतिले मात्र काम गर्न सक्ने बताए ।
उनले सहमतिको सम्भावना रहँदा रहँदै पनि कांग्रेस एमालेले प्रक्रिया थालेकाले अवस्था जटील बनेको बताए । अब सहमतिको सम्भावना बढेर गएको पनि अध्यक्ष दाहालको भनाई थियो ।
अध्यक्ष दाहालले दलहरुका बीचमा संविधानका विवादीत विषयमा सहमति नबनेसम्म संविधानसभाको अबरोध नहट्ने प्रस्ट पारेका छन् ।